दलीय चुनाव चिन्ह नदिए निर्वाचन गर्न नदिने बाबुरामको चेतावनी
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
पार्टीको केन्द्री परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराई संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताए ।
स्थानीय निर्वाचनका लागि आफूहरुले चुनाव चिन्ह पाउन निर्वाचन आयोगमा धर्ना दिने, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम समेत तय गरेको भट्टराईको भनाई थियो ।
यस्तै नयाँ शक्तिले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न समिति बनाएको छ । संयोजक भट्टराईकै संयोजकत्वमा निर्वाचन परिचालन समिति, केशव दाहालको संयोजकत्वमा ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरिएको पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीले जानकारी दिएको हो ।
रामचन्द्र झा संयोजक रहेको राजनीतिक सम्वाद समिति, डण्ड श्रेष्ठ संयोजक रहेको स्वयम सेवक परिचालन समिति र पासाङ शेर्पा संयोजक रहेको आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रिय दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ । यही व्यवस्था कायम रहे नयाँ शक्तिले दलीय आधारमा नभई स्वतन्त्र हैसियदमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक फरक चुनाव चिन्ह पाउन सक्छन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












