चुनाव हुँदैन की भन्ने शङ्का नगरौं– उपप्रधानमन्त्री थापा
चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उनले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे
“अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन “ उनले भने – “चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता हुदैँन ” ।देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गरे ।
उनले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गरे ।उनले नयाँ संरचना लागू भए पनि स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृित्तविकासमा भने कुनै नकारात्मक असर नपर्ने बताउँदै स्थानीय तहमा हुने विकास निर्माणको कार्यको पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन आग्रह गर्नुभयो । सो अवसरमा पश्चिमान्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रको सुरक्षा अवस्था र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बलराम ढकालले जिल्लाको स्थानीय तहको गतिविधिमाथि प्रकाश पारेका थिए । रासस
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












