होमियोप्याथिक चिकित्सालाई आयुर्वेद चिकित्सासँग नजोड्न माग
काठमाडौँ । सरकारले होमियोप्याथिक चिकित्सालाई आयुर्वेदिक तथा पूरक चिकित्सा नीतिमा समावेश गर्नु असान्दर्भिक भएको सम्बन्धित चिकित्सकले बताएका छन् ।
आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै होमियोप्याथिक चिकित्सा विकास एवम् विस्तार सङ्घर्ष समितिले विश्व स्वास्थ्य सङ्गठनले यस पद्दतिलाई वैकल्पिक तथा पूरक चिकित्सा अन्तर्गत राखेको भए पनि सरकारले भने आयुर्वेद तथा पूरक चिकित्सा भनी आयुर्वेद विभाग अन्तर्गत राखेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सङ्घषर् समितिका संयोजक डा खगेन्द्र कटुवालले सरकारको एक मात्र होमियोप्याथिक अस्पतालको रुपमा रहेको ‘पशुपति होमियोप्याथिक चिकित्सालय’ को स्वामित्वको जग्गा र भवन उच्च अदालत पाटनले लिने प्रक्रिया अघि बढेकोले उक्त प्रक्रियालाई तत्काल रोकि केन्द्रिय शिक्षण अस्पतालको रुपमा विकास गरी विकास समिति समेत गठन गर्न सरकारसँग माग गरे ।
नेपाल होमियोप्याथिक चिकित्सक सङ्घका अध्यक्ष डा रवीन्द्र रायले सरकारले बनाएको आयुर्वेद तथा पूरक चिकित्सा नीतिको परिमार्जन गरी आयुर्वेद, होसियोप्याथिक तथा पूरक चिकित्सा राखी प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा होमियोप्याथिक चिकित्सालय स्थापना गर्नुपर्ने बताए ।
होम सङ्घर्ष समितिले होमियोप्याथिक चिकित्सा महाशाखा, विभाग र औषधि व्यवस्था विभागमासमेत होमियोप्याथिक औषधि शाखा राख्नुपर्ने, छुट्टै होमियोप्याथिक चिकित्सकको काउन्सिल, होमियोप्याथिक सहायक चिकित्सक ९ एचएचए० ले क्लिनिक दर्ता गर्न पाउनुपर्ने, औषधि आयातमा सहजता हुनुपर्नेलगायतका माग राखेका छन् ।
हाल नेपालमा कति होमियोप्याथिक चिकित्सक छन् भन्ने एकीन तथ्याङक नभएपनि करिब २५० चिकित्सक र सरकारी र निजीमा गरी करिब दुई हजार होमियोप्याथिक स्वास्थ्यकर्मी रहेको अनुमान छ ।
आफ्ना मागहरु पुरा नभए थप आन्दोलनका कार्यक्रम तय गरी अघि बढ्ने उनीहरुले बताएका छन् । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











