जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख
गुलरिया (बर्दिया), २१ चैत । बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।
आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर शव उठाउन नदिएपछि निकुञ्जसँग वार्ता गर्दा विश्रामवादी पीडित भएको भन्दै स्थानीयवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप रु पाँच लाख राहत रकम प्रदान गरिएको हो ।
मृतकका बुबालाई जीविकोपार्जनका लागि आयमूलक कार्यक्रममा समेत सहयोग गर्ने निकुञ्जले जनाएको छ । सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई रु पाँच लाख राहत रकम उपलब्ध गराउने व्यवस्था छ तर एक महिना अघिदेखि जङ्गली हात्तीले निकुञ्ज आसपासका गाउँमा आतङ्क मच्चाइरहेका बेला हात्तीले कुल्चिँदा एक मात्र छोराको ज्यान गएपछि श्रीरामनगर उपभोक्ता समिति र अन्य सङ्घसंस्थाको सहयोगमा थप रु पाँच लाख गरी राहतस्वरुप रु १० लाख प्रदान गरिएको हो ।
वन्यजन्तु संरक्षणमा लाग्दालाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप प्रदान गरिने रु पाँच लाख रकमबाट बढाएर रु १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले बताउनुभयो ।
निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्ती भगाउन गएका बेला हात्तीले कुल्चिँदा गत फागुन २४ गते ठाकुरबाबा–२ कर्मलाका २० वर्षीय विजय बादी नेपालीको ज्यान गएको थियो । बर्दिया निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले कुल्चिँदा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ पहल ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












