चुनावबारे प्रधानमन्त्रीको नयाँ प्रस्ताव, देउवा आक्रोशित
काठमाडौं २२ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन् ।
नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको आन्तरिक बैठकमा दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने विकल्प अघि सारेका हुन्।
प्रधानमन्त्री दाहालले पछिल्लो समयमा अघि सारेको उक्त विकल्पका कारण मुख्य सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवा भने आक्रोशित भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार मोर्चाको सहमतिमा मन्त्रिपरिषद् बैठकबाट थपिने भनिएका स्थानीय तहमा मात्रै दोस्रो चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव दाहालले अघि सारेका हुन्। ुजहाँ स्थानीय तह थपिँदैन, त्यहाँ पहिलो चरणमै निर्वाचन सम्पन्न गर्ने, तर जहाँ संख्या पुनस् मन्त्रिपरिषद्बाट थपिन्छन्, त्यहाँमात्र दोस्रो चरणमा निर्वाचन गर्ने विकल्प प्रधानमन्त्रीले अघि सार्नु भएको हो,ु दाहाल निकट स्रोतले भन्यो।
मधेसी मोर्चा स्थानीय तहको संख्या नबढाई निर्वाचनमा नआउने र मन्त्रिपरिषद्बाट संख्या बढाई मोर्चालाई निर्वाचनमा ल्याउन खोज्दा निर्वाचनका लागि आवश्यक पर्ने अन्य प्राविधिक कठिनाई हुने भएकाले प्रधानमन्त्रीले यस्तो विकल्प अघि सारेका हुन्।
‘मधेसी मोर्चा नआई स्थानीय तह निर्वाचन गर्न सकिँदैन, स्थानीय तहको संख्या बढाउँदा मतपत्र, मतदाता नामावली मिलाउन वैशाख ३१ अघि सकिँदैन दाहाल निकट स्रोतले भन्यो, यस्ता प्राविधिक कठिनाइ भएकाले मात्रै त्यस्तो वैकल्पिक प्रस्ताव बाध्यात्मक रुपमा गरिएको हो, निर्णय भएको होइन। आइतबारको भेटमा प्रधानमन्त्री दाहालले देउवासँग यो प्रस्ताव गरिसकेका हुन्। आजको (नागरिक दैनिक ) बाट साभार गरिएको
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












