स्थानीय निर्वाचन : माओवादीको ध्यान स्थनीय तहमा केन्द्रित
काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ ।
माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार निर्वाचनलाई केन्द्रित गरेर जिल्ला तहमा निर्वाचनका कार्यक्रम अगाडि बढाइएका छन् । स्थानीय आवश्यकताका आधारमा कार्यक्रम अगाडि बढाइएको र आगामी वैशाखको पहिलो साताभित्र उम्मेदवारको टुङ्गो लगाइने छ ।
पार्टीका केन्द्रीय कार्यालय सदस्य देव गुरुङको संयोजत्वमा रहेको समितिले निर्वाचन घोषणापत्र तयार पारेर स्थानीय तहमा पठाएको र प्राप्त सुझावका आधारमा परिमार्जन गरेर केही दिनभित्रै सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।
संविधानसभाबाट संविधान जारी गरेको र सिंहदरबारको अधिकारलाई गाउँसम्म पु¥याउनका लागि आफ्नो पार्टीले नै विशेष पहल गरेको भन्दै माओवादी केन्द्रले सोही एजेन्डालाई नै जनताको माझमा लैजाने तयारी गरेको सो पार्टीका नेता मणि थापाको भनाइ छ ।
नेता थापाले मुलुक माओवादीको एजेन्डामा अगाडि बढेका कारण आफूहरुले आफ्नै एजेन्डालाई नै जनताको माझमा लैजाने र मत माग्ने उल्लेख गर्नुभयो ।
विभिन्न जिल्लामा पार्टीको गाउँ सम्मेलन, जनवर्गीय सङ्गठनको सम्मेलन तथा उम्मेदवार चयनको काम जारी छ । प्रदेशस्तरमा प्रदेश इन्चार्जले नै आमसभा, जनसभा गर्ने गरी कार्यक्रम तोकिएका छन् भने केन्द्रीयस्तरबाट ठूला आमसभा आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा कुनै निर्णय गरिएको छैन ।
‘‘स्थानीय माग र आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको छ । ठूला कार्यक्रमभन्दा पनि स्थानीय विषय र प्राथमिकता नै हाम्रो पार्टीको प्रमुख एजेन्डा हो । यद्यपि स्थानीय तहबाट आउने मागका आधारमा ठूला कार्यक्रम पनि हुन सक्छन्’’ – प्रवक्ता भुसालको भनाइ छ ।
आगामी वैशाख १६ गते मनोनयनपत्र दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार माओवादी केन्द्रले उम्मेदवार छनोटको तयारी तीव्र पारेको जनाएको छ ।
माओवादीले अहिलेसम्म चारवटा नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । केही ठाउँमा उम्मेदवार छान्ने क्रमलाई समेत अन्तिम रुप दिएको छ ।
उम्मेदवार छनोटका लागि माओवादीले बनाएको कार्यविधिअनुसार उम्मेदवारका लागि सम्बन्धित समितिले मतदाता नामावलीमा नाम समावेश भएका प्रमाणसहित माथिल्लो कमिटीमा पठाउनुपर्नेछ ।
त्यस्तै नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाको लागि सम्बन्धित प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्नेछ भने महानगरपालिकाका लागि पार्टी केन्द्रले नै उम्मेदवारको टुङ्गो लगाउने कार्यविधिमा उल्लेख छ ।
माओवादीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य बलराम बल र उपमेयरमा कमला पौडेललाई चयन गरेको छ । यस्तै विराटनगर उपमहानगरपालिको मेयरमा केन्द्रीय सदस्य भोगेन्द्र यादव र उपमेयरमा नगर अध्यक्ष नमिता न्यौपाने, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवार बनाइसकेको छ ।
अन्य जिल्लाको समेत केही दिनभित्रै उम्मेदवारको नाम सार्वजनिक गरिने जानकारी दिँदै माओवादी केन्द्रले आफूहरु निर्वाचनमा पूर्णरुपमा होमिएको जनाएको छ ।
स्थायी समिति सदस्य पुष्पविक्रम मल्लका अनुसार गाउँ गाउँमा चुनावी माहोल बन्दै गएको र मतदाता पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उत्सुक छन् ।
आफूहरुले जनतालाई नै केन्द्रमा राखेर निर्वाचन अभियान अगाडि बढाएको र उत्साह बढ्दै गएको नेता मल्लले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












