स्थानीय निर्वाचन : माओवादीको ध्यान स्थनीय तहमा केन्द्रित
काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ ।
माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार निर्वाचनलाई केन्द्रित गरेर जिल्ला तहमा निर्वाचनका कार्यक्रम अगाडि बढाइएका छन् । स्थानीय आवश्यकताका आधारमा कार्यक्रम अगाडि बढाइएको र आगामी वैशाखको पहिलो साताभित्र उम्मेदवारको टुङ्गो लगाइने छ ।
पार्टीका केन्द्रीय कार्यालय सदस्य देव गुरुङको संयोजत्वमा रहेको समितिले निर्वाचन घोषणापत्र तयार पारेर स्थानीय तहमा पठाएको र प्राप्त सुझावका आधारमा परिमार्जन गरेर केही दिनभित्रै सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।
संविधानसभाबाट संविधान जारी गरेको र सिंहदरबारको अधिकारलाई गाउँसम्म पु¥याउनका लागि आफ्नो पार्टीले नै विशेष पहल गरेको भन्दै माओवादी केन्द्रले सोही एजेन्डालाई नै जनताको माझमा लैजाने तयारी गरेको सो पार्टीका नेता मणि थापाको भनाइ छ ।
नेता थापाले मुलुक माओवादीको एजेन्डामा अगाडि बढेका कारण आफूहरुले आफ्नै एजेन्डालाई नै जनताको माझमा लैजाने र मत माग्ने उल्लेख गर्नुभयो ।
विभिन्न जिल्लामा पार्टीको गाउँ सम्मेलन, जनवर्गीय सङ्गठनको सम्मेलन तथा उम्मेदवार चयनको काम जारी छ । प्रदेशस्तरमा प्रदेश इन्चार्जले नै आमसभा, जनसभा गर्ने गरी कार्यक्रम तोकिएका छन् भने केन्द्रीयस्तरबाट ठूला आमसभा आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा कुनै निर्णय गरिएको छैन ।
‘‘स्थानीय माग र आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको छ । ठूला कार्यक्रमभन्दा पनि स्थानीय विषय र प्राथमिकता नै हाम्रो पार्टीको प्रमुख एजेन्डा हो । यद्यपि स्थानीय तहबाट आउने मागका आधारमा ठूला कार्यक्रम पनि हुन सक्छन्’’ – प्रवक्ता भुसालको भनाइ छ ।
आगामी वैशाख १६ गते मनोनयनपत्र दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार माओवादी केन्द्रले उम्मेदवार छनोटको तयारी तीव्र पारेको जनाएको छ ।
माओवादीले अहिलेसम्म चारवटा नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । केही ठाउँमा उम्मेदवार छान्ने क्रमलाई समेत अन्तिम रुप दिएको छ ।
उम्मेदवार छनोटका लागि माओवादीले बनाएको कार्यविधिअनुसार उम्मेदवारका लागि सम्बन्धित समितिले मतदाता नामावलीमा नाम समावेश भएका प्रमाणसहित माथिल्लो कमिटीमा पठाउनुपर्नेछ ।
त्यस्तै नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाको लागि सम्बन्धित प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्नेछ भने महानगरपालिकाका लागि पार्टी केन्द्रले नै उम्मेदवारको टुङ्गो लगाउने कार्यविधिमा उल्लेख छ ।
माओवादीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य बलराम बल र उपमेयरमा कमला पौडेललाई चयन गरेको छ । यस्तै विराटनगर उपमहानगरपालिको मेयरमा केन्द्रीय सदस्य भोगेन्द्र यादव र उपमेयरमा नगर अध्यक्ष नमिता न्यौपाने, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवार बनाइसकेको छ ।
अन्य जिल्लाको समेत केही दिनभित्रै उम्मेदवारको नाम सार्वजनिक गरिने जानकारी दिँदै माओवादी केन्द्रले आफूहरु निर्वाचनमा पूर्णरुपमा होमिएको जनाएको छ ।
स्थायी समिति सदस्य पुष्पविक्रम मल्लका अनुसार गाउँ गाउँमा चुनावी माहोल बन्दै गएको र मतदाता पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उत्सुक छन् ।
आफूहरुले जनतालाई नै केन्द्रमा राखेर निर्वाचन अभियान अगाडि बढाएको र उत्साह बढ्दै गएको नेता मल्लले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












