सरकारले नदेखेको दर्द
सुर्खेत । बाढीका कारण विस्थापित भएका गिरीघाट क्षेत्रका बाढीपिडितको बाँस र गाँसको जोहो हुन सकेको छैन । पुर्नस्थापनको पाउने आशा राखेका बाढीपिडित आशा त्यसै मरेको छ । सरकारी तवरबाट खान र बस्नका लागि कुनै आर्थिक सहयोग हुन नसकेको पीडित बताउँछन् ।
बाढीका कारण हरिहरपुर गाविस बाढीले घरबास बगेको पीडा उस्तै छ । गिरीघाटकोबीच जंगलमा साना छाप्रोमा बस्दै आएका छन् । बाढीबाट सबै गुमेपछि भोकभोकै र खुल्ला आकाशमा बस्न थालेका ३२ महिना पुग्दासम्म उनीहरु सुताई खानपिन बन्दा बस्तो भएको छैन् ।
बाढीले तहसनहस बनाएपछि सरकारी सहयोग र राहात आउने आशा गरेका बाढीपिडितहरु अहिले निराश हुँदै गएका छन् ।
हरिहरपुर सिस्नेरी वडा नं ५ का बिर्खबहादुर बिक अहिले ६० वर्ष पगेको छन् । बिर्खबहादुरलाई हरिहरपुरमा आएको बाढी उनलाई झलझली मस्तिष्कबाट हटेको छैन् । गिरी घाटमा भाईसँग बस्दै आएका छन् ।
उनी एकल जीवन बिताउँदै आएका छन् । उनको विवाह गर्ने रहर अधुरै छ । उमेरले ६० वर्षका भईसके केटी पाए सम्म विवाह गर्ने बताउँछन् । उनलाई हरिहरपुरमा फकिएर जान पटक्कै मन छैन । उनले भने सरकारले पुनस्थापना गर्ने नसकेको दुखेसो पोखे । बिहान–बेलुको छाक टार्न गाह्रो भएपछि गिरीघाट नजिकैको खोला काँसीखोलाबाट दिन भरी बगरबाट ढुङ्गा बोकेर बस्तीसम्म ल्याउने बताए ।
उनले भने, ‘बगरबाट ल्याएको ढङ्गाले गिठी कुटछु दिन भरी ३ कट्टा कुटन सकिन्छ । कहिले थकाई लाग्छ । गिठी कुटेर कट्टाको ५० रुपैयाँमा बिक्री हुन्छ । त्यही रुपैयाँले नुन तेल तरकारी खाने मात्र ठिक हने बिर्खबहादुरले गुनासो गरे ।
बिर्खबहादुर मात्र होइन हरिहरपुरका सितला बिक अहिले १५ वर्ष भइन् । कक्षा ६ मा पढ्दापढदै विवाह बन्धनमा बाधिन पुगेकी थिइन् । सितला बिहान बेलुका खर्चको जोहो गर्ने नसक्दा गिठी कुट्न बाध्य भएकी छिन । उनले भनिन्, ‘अहिले गिरीघाटमा बस्दै आएको ३ वर्ष पुग्न लाग्यो सरकारले भूकम्प पिडित सरह र हात दिने आशा दिएको छ । अहिलेसम्म पुनस्थाना नभएको दुखेसो पोख्दै कहिले नयाँ घरमा बस्ने हो ।’ उनले भनिन् ।
सितला काँसीघाट खोलबाट ढुङ्गा बाकेर ल्याएर कुटने गरेको बताइन् । दिनभरी ३ कट्टासम्म गिट्टी कुट्नु दिउँसो गर्मीमा कुट्न सकिन्न गिटी बजारबाट घर निमार्ण गर्नेहरुले कट्टाको ५० रुपैयाँ किनेर लिने गर्छन् । त्यही पैसाबाट नुन र तरकारी खान सजिलो भएको सितलाले बताईन् । उनका श्रीमान वीरेन्द्रनगरमा घर निमार्णमा मजदुरीको काम गर्ने बताईन् । खुल्ला आकाशमुनीको त्रिपालमा बस्दै आएकी ७० वर्षकी चित्रकलाको गुनासो पनि त्यही छ ।
चित्रकलाको ८ जनाको परिवार छन् । हरिहर पुर सिस्नेरी घटना उनकै आखाँको नजरमा घुमेको बताईन् । उनले त्यो दिन आफ्ना निम्ती कालो रात भएको बताईन् । उनी एकल परिवार पनि हुन् । बुढेसकालमा गिट्टी कुट्न पनि गाह्रो भएको दुखेसो पोखिन् । उनले सरकारले राहात दिएको भए पनि बासको व्यवस्था हुने बताएकी छन् ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











