आइजिपी नहुँदा प्रहरीमा भद्रगोल,निमित्तको आदेश कसैले टेदैनन्
काठमाडौं । दुई महिनादेखि महानिरीक्षकविहीन बनेको नेपाल प्रहरीमा निमित्त आइजिपी डाक्टर दिनेशचन्द्र पोखरेल भएपनि इलाका प्रहरी चौकीदेखि प्रधान कार्यालयसम्म समस्या देखिन थालेको छ । निमित्त आइजिपी बनेका डाक्टर दिनेशचन्द्र पोखरेललाई केही निर्णय गर्ने अधिकार नरहेकोले मुनिका प्रहरी अधिकृत उनलाई टेर्दैनन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरेललाई कुनै अधिकार नदिएकाले एसएसपी र डिआइजी तहका प्रहरी अधिकृतले समेत उनको आदेश पालना गर्दैनन्। संगठनको काममा पोखरेललाई उनको सचिवालयमा रहेका एसएसपी सर्वेन्द्र खनालले सघाइरहेका छन् र प्रहरी अधिकृतलाई दिइने बिफ्रिङ, मातहतका निकायलाई दिने निर्देशन पनि एसएसपी खनालले नै तयार पारदिने गरेको स्रोतले बतायो।
फागुन २ गते उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरे पनि सर्वोच्चले चैत ८ गते त्यो निर्णय बदर गरिदियो।
प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर गर्दै चाँडोभन्दा चाँडो आइजीपी नियुक्त गर्न परमादेश जारी गरेको थियो।
अदालतले परमादेश दिएको दुई साता बितिसक्दा पनि सरकारले प्रहरीको आइजीपी नियुक्त गर्न सकेको छैन । अहिले एआइजी डाक्टर दिनेशचन्द्र पोखरेलले निमित्त आइजीपी बनेर प्रहरी चलाइरहेका छन्।
प्रहरी प्रमुख नियुत्त नहुदाँ संगठनले कुनै बजेट चलाउन नपाउने भएका कारण प्रहरी बस्दोबस्तीका सामान पनि किन्न नसकिएको अवस्थामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै संगठन प्रमुख नहुदाँ डिआइजी हुुनुपर्ने एसएसपीहरु, एसएसपी हुनुपर्ने एसपीहरु र एसपी हुनुपर्ने डिएसपीहरुको बढुवा पनि रोकिएको छ। १ वर्षपछि आइजीपी हुने एसएसपीमा नै थन्किएर रहेका छन्।
प्रहरी प्रमुख नहुदाँ माथिल्लो तहबाट आउने दबाब कम भएपन यसले गर्दा प्रहरीको काम कारबाहीमा भने ढीला सुस्ती आएको एक प्रहरीले बताएका छन्
प्रहरी प्रमुख कसलाई बनाउने भन्ने विवादले अझै नेपाल प्रहरी अन्योलमा रहेको छ,’ एक प्रहरी अधिकृतले भने ‘राजनीतिक हस्तक्षेपका कारण हाम्रो संगठन इन्जिन नभएको रेलजस्तै थन्किएको छ, कुनै नीतिगत निर्णय गर्न सकेको छैन, केही पनि गर्न नसक्ने, कतैपनि चल्न नसक्ने अवस्थामा प्रहरी संगठन पुगेको छ।’
आइजीपीले प्रयोग गर्ने अधिकार मात्र निमित्त आइजीपीलाई दिएको भए, चेन अफ कमाण्ड पनि नभत्कने, नीतिगत निर्णय गर्न सकिने, तल्लो तहका प्रहरी अधिकारीले निमित्त आइजीपीलाई टेर्ने अवस्था हुने ती प्रहरी अधिकृतले बताए । प्रायजसो काम खनालको सहयोगमा पोखरेलले जेनतेन चलाएका छन् तर अर्को महिना हुने स्थानीय तहको चुनावमा उनको आदेश प्रहरी ले टेर्लान् भन्ने आम जिज्ञासा जनमानसमा आएको छ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












