आइजिपी नहुँदा प्रहरीमा भद्रगोल,निमित्तको आदेश कसैले टेदैनन्
काठमाडौं । दुई महिनादेखि महानिरीक्षकविहीन बनेको नेपाल प्रहरीमा निमित्त आइजिपी डाक्टर दिनेशचन्द्र पोखरेल भएपनि इलाका प्रहरी चौकीदेखि प्रधान कार्यालयसम्म समस्या देखिन थालेको छ । निमित्त आइजिपी बनेका डाक्टर दिनेशचन्द्र पोखरेललाई केही निर्णय गर्ने अधिकार नरहेकोले मुनिका प्रहरी अधिकृत उनलाई टेर्दैनन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरेललाई कुनै अधिकार नदिएकाले एसएसपी र डिआइजी तहका प्रहरी अधिकृतले समेत उनको आदेश पालना गर्दैनन्। संगठनको काममा पोखरेललाई उनको सचिवालयमा रहेका एसएसपी सर्वेन्द्र खनालले सघाइरहेका छन् र प्रहरी अधिकृतलाई दिइने बिफ्रिङ, मातहतका निकायलाई दिने निर्देशन पनि एसएसपी खनालले नै तयार पारदिने गरेको स्रोतले बतायो।
फागुन २ गते उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरे पनि सर्वोच्चले चैत ८ गते त्यो निर्णय बदर गरिदियो।
प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर गर्दै चाँडोभन्दा चाँडो आइजीपी नियुक्त गर्न परमादेश जारी गरेको थियो।
अदालतले परमादेश दिएको दुई साता बितिसक्दा पनि सरकारले प्रहरीको आइजीपी नियुक्त गर्न सकेको छैन । अहिले एआइजी डाक्टर दिनेशचन्द्र पोखरेलले निमित्त आइजीपी बनेर प्रहरी चलाइरहेका छन्।
प्रहरी प्रमुख नियुत्त नहुदाँ संगठनले कुनै बजेट चलाउन नपाउने भएका कारण प्रहरी बस्दोबस्तीका सामान पनि किन्न नसकिएको अवस्थामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै संगठन प्रमुख नहुदाँ डिआइजी हुुनुपर्ने एसएसपीहरु, एसएसपी हुनुपर्ने एसपीहरु र एसपी हुनुपर्ने डिएसपीहरुको बढुवा पनि रोकिएको छ। १ वर्षपछि आइजीपी हुने एसएसपीमा नै थन्किएर रहेका छन्।
प्रहरी प्रमुख नहुदाँ माथिल्लो तहबाट आउने दबाब कम भएपन यसले गर्दा प्रहरीको काम कारबाहीमा भने ढीला सुस्ती आएको एक प्रहरीले बताएका छन्
प्रहरी प्रमुख कसलाई बनाउने भन्ने विवादले अझै नेपाल प्रहरी अन्योलमा रहेको छ,’ एक प्रहरी अधिकृतले भने ‘राजनीतिक हस्तक्षेपका कारण हाम्रो संगठन इन्जिन नभएको रेलजस्तै थन्किएको छ, कुनै नीतिगत निर्णय गर्न सकेको छैन, केही पनि गर्न नसक्ने, कतैपनि चल्न नसक्ने अवस्थामा प्रहरी संगठन पुगेको छ।’
आइजीपीले प्रयोग गर्ने अधिकार मात्र निमित्त आइजीपीलाई दिएको भए, चेन अफ कमाण्ड पनि नभत्कने, नीतिगत निर्णय गर्न सकिने, तल्लो तहका प्रहरी अधिकारीले निमित्त आइजीपीलाई टेर्ने अवस्था हुने ती प्रहरी अधिकृतले बताए । प्रायजसो काम खनालको सहयोगमा पोखरेलले जेनतेन चलाएका छन् तर अर्को महिना हुने स्थानीय तहको चुनावमा उनको आदेश प्रहरी ले टेर्लान् भन्ने आम जिज्ञासा जनमानसमा आएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












