एनसेल कर छली प्रकरण : प्रधानमन्त्रीले आज जवाफ दिदै
काठमाडौं । एनसेल खरिद बिक्रीमा कर छली प्रकरणमा सरकारको संलग्नता देखिएपछि त्यसको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदको लेखा समितिमा दिदै भएका छन् । एनसेलको पुँजिगत लाभकरमा सरकारको संलग्नताको समाचार प्रसारण भएपछि समिति सदस्यहरुले जवाफका लागि प्रधानमन्त्री दाहाललाई बोलाएका थिए ।
सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाईएको लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलले कर तिर्नु पर्ने÷ नपर्ने बिषयमा जवाफ दिने समिति सदस्य समेत रहेका कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए । यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसंग त्यसको जवाफ माग गरेको हो ।
अर्थमन्त्री महराले प्रधानमन्त्रीको निर्देशनमा सो प्रस्ताव मन्त्रीपरिषदमा पेश भएको जवाफ दिएपछि समितिले प्रधानमन्त्री दाहालसंग एनसेल प्रकरणमा सरकारसंग प्रष्ट हुन चाहेको हो । समितिले ३ महिनाभित्र एनसेलसंग पुँजिगत लाभकर असुल्न अर्थमन्त्रालय र राजस्व विभागलाई निर्देशन दिएपनि सरकारी नियका संस्थागत रुपमा नै एनसेललाई जोगाउन लागेको आरोप लाग्दै आएको छ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












