दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु
फलेवास (पर्वत), २८ चैत । पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो । पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी गाउँपालिकाअन्तर्गतको वडा नं ६ साबिकको तिलाहार गाविसबाट वितरण अभियान सुरु गरिएको छ ।
पर्वतमा भूकम्पबाट कुल १२ हजार एक सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लगत सङ्कलनमा समावेश भएका चार हजार तीन सय ७३ पीडित परिवारलाई वितरण कार्य थालिएको हो । यो जिल्लाका ३८ गाविस र एक नगरपालिकाको तथ्याङ्क हो । वाँकी साबिकका आठ गाविसको प्रमाणीकरण हुन बाँकी रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ चिकित्सक योगेन्द्र रिजालले पीडितलाई सम्झौता गराएर अभियानको सम्झौता सुरुवात गर्नुभएको हो । पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताउनुभयो । कार्यक्रममा निमित्त प्रजिअ डिल्लीराम शर्माले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लगत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागिपर्ने बताउनुभयो ।
सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको रु तीन लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गरेका थिए । उनीहरुले रु तीन लाखले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टि जनाएका थिए ।
कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् । वैशाख १२ को भूकम्पबाट पर्वतका साबिकका ३५ गाविस बढी मात्रामा प्रभावित बनेका थिए । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












