दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु
फलेवास (पर्वत), २८ चैत । पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो । पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी गाउँपालिकाअन्तर्गतको वडा नं ६ साबिकको तिलाहार गाविसबाट वितरण अभियान सुरु गरिएको छ ।
पर्वतमा भूकम्पबाट कुल १२ हजार एक सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लगत सङ्कलनमा समावेश भएका चार हजार तीन सय ७३ पीडित परिवारलाई वितरण कार्य थालिएको हो । यो जिल्लाका ३८ गाविस र एक नगरपालिकाको तथ्याङ्क हो । वाँकी साबिकका आठ गाविसको प्रमाणीकरण हुन बाँकी रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ चिकित्सक योगेन्द्र रिजालले पीडितलाई सम्झौता गराएर अभियानको सम्झौता सुरुवात गर्नुभएको हो । पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताउनुभयो । कार्यक्रममा निमित्त प्रजिअ डिल्लीराम शर्माले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लगत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागिपर्ने बताउनुभयो ।
सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको रु तीन लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गरेका थिए । उनीहरुले रु तीन लाखले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टि जनाएका थिए ।
कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् । वैशाख १२ को भूकम्पबाट पर्वतका साबिकका ३५ गाविस बढी मात्रामा प्रभावित बनेका थिए । रासस
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...












