महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष राणा
काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् ।
महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उहाँ रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुनुहुन्छ ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सुरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ (भारी), राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य र सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी, देवकुमार श्रेष्ठ, सुदर्शन कार्की, सुशीला सापकोटा, पशुपतिबहादुर खड्का, गजेन्द्रकुमार भगत, नरवीर रावत, लोकविक्रम थापा, निर्मलकुमार चौधरी, मनोजकुमार मुन्धडा, दिपेन्द्रकुमार खत्री र भुवनलाल श्रेष्ठ पनि कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, कार्यकारिणी समिति सदस्यमा निर्वाचन क्षेत्र प्रदेश नं १ बाट रोहितप्रसाद प्रसार्इं, प्रदेश नं २ बाट गणेशप्रसाद लाठ, प्रदेश नं ३ बाट कमलकुमार श्रेष्ठ, प्रदेश नं ४ बाट निर्माणकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट भीमबहादुर थापा, प्रदेश नं ६ लङ्कमान रोका र प्रदेश नं ७ बाट प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको छ ।
वस्तुगत सङ्घतर्फ २७, एसोसिएटतर्फ २२ र द्विराष्ट्रिय उवासङ्घतर्फ एक स्थानमा अजय मुडभरी निर्वाचित हुनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घमा २०६२ सालमा प्रवेश गर्नुभएका नवनियुक्त अध्यक्ष राणा विसं २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासङ्घमा प्रवेश गर्नुभएको थियो । उहाँले
महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।
पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । साथै उहाँ स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवद्र्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक हुनुहुन्छ ।
सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिनुभएका अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
उहाँ राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य एवम् महिला उद्यमी महासङ्घ नेपालका अध्यक्षसमेत हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...












