चुनाव प्रचारमा बालबालिका प्रयोग गर्न नपाइने
काठमाडौं । अगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोगपूर्णरुपमा निषेध गरिनु पर्ने माग राख्दै १३ वटा संघ–संस्थाले सयुक्त वक्तव्व जारी गरेकाछन् । बाबबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ–नेपाल (सीएनएफएन) कोअगुवाईमा भएको सो कार्यक्रममा घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर रनिर्वाचन पश्यात बालबालिका प्रयोग नगर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइएको हो।निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन सम्बन्धि आचारसंहिताजारी गरिसकेको अबस्थामा उनीहरुको प्रयोग गरिए बालअधिकार विरुद्ध हुने विभिन्न एकदर्जन संघ–संस्थाका प्रतिनिधिअरुले जिकिर गरे ।
कार्यक्रममा सीएनएफएनका अध्यक्ष मनोजकुमार कँडेलले नेपाल सरकार र मुख्य राजनीतिकदलहरुले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरी कुनैपनि राजनैतिकगतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनैतिक थलोको रुपमाप्रयोग नगर्न बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ नेपालसमक्ष विगतमालिखित प्रतिबद्धता गरिसकेको स्मरण गराएका थिए । कार्यक्रममा निजि तथा आवसीयविद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले यो अभियान कोठाअभियान नभई राष्ट्रिय अभियान भएको बताए । उनले भने,‘यो अभियानले सकारात्मकबनाउन सञ्चारमाध्यामको ठूलो भूमिका हुन्छ । बालबालिकाको प्रयोग गरी हुने कुनैपनित्यस्ता अवैध गतिविधिलाई न्यूनिकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्छ ।’ विभिन्नबहानामा १६ बर्ष मुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नुहने तर्क बालबालिकाखोजतलास समन्वय केन्द्रका प्रमुख डीएसपी विश्व खड्काले राखे ।
सीएनएफएनका अध्यक्ष कँडेलले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढााचा र कार्यान्वयननिर्देशिका, २०६८ एवम् विद्यमान निर्वाचन आचारसंहिताले तोकेका प्रावधान अनुसार घोषितस्थानीय तहको निर्वाचन पुर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्यात बालबालिकाको प्रयोगनगर्न राजनीतिक दल र तिनका भातृ तथा भगिनी संस्थाहरुलाई आग्रह समेत गरे । साथैनिर्वाचन तथा राजनीतिक गतिविधिका क्रममा बालअधिकार हनन् सम्बन्धि घटना घटेतत्काल छानबीन गरी दोषीउपर कानूनी कारबाही गरिनु पर्ने संस्थाका प्रतिनिधिहरुले मागगरेका थिए । कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र, बाल बिकास समाज, बालगृहहरुको महासंघ नेपाल, अभिभावक संघ नेपाल, अन्तर्राष्ट्रिय बाल संशाधन संघ नेपाल,राष्ट्रिय बाल क्लब सञ्जाल, नेपाल राष्ट्रिय अभिभावक संघ, बालबालिका, बन्दी तथाआश्रितका लागि कार्य समूह, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल,निजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल, बन्दी सहायता नेपाल र थैली नेपाललेबालबालिकाको प्रयोग नगर्न सयुक्त रुपमा आव्हान गरेका थिए ।
निषेध क्रियाकलाप तथा गतिविधिहरु:
- विद्यालय परिसरभित्र कुनै पनि राजनैतिक सभा, सम्मेलन, वैठक, माइकिड,जुलुस, र्याली तथा धर्ना नगर्ने / नगराउने ।
- बालबालिकालाई निर्वाचन प्रचार(प्रसारसम्बन्धी कार्यमा प्रयोग नगर्ने, सभा,सम्मेलन, वैठक, र्याली, धर्ना तथा जुलुसमा प्रयोग नगर्ने /नगराउने ।
- बालबालिकाले अध्ययन गर्ने विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नगर्ने /नगराउने ।
- बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारीसाधनहरुको आगमनमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने/नगराउने ।
- दैनिक प्रयोग हुने अत्यावश्यक सामग्रीहरु (जस्तै: औषधि, खोप, शैक्षिक सामग्री/पाठ्यपुस्तक, आपतकालीन सहायता सामग्रीहरु, खाना तथा आवाससाग सम्बन्धितसामग्रीहरु) को आपूर्तिमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने वा बन्द नगर्ने /नगराउने ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












