चुनाव प्रचारमा बालबालिका प्रयोग गर्न नपाइने
काठमाडौं । अगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोगपूर्णरुपमा निषेध गरिनु पर्ने माग राख्दै १३ वटा संघ–संस्थाले सयुक्त वक्तव्व जारी गरेकाछन् । बाबबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ–नेपाल (सीएनएफएन) कोअगुवाईमा भएको सो कार्यक्रममा घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर रनिर्वाचन पश्यात बालबालिका प्रयोग नगर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइएको हो।निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन सम्बन्धि आचारसंहिताजारी गरिसकेको अबस्थामा उनीहरुको प्रयोग गरिए बालअधिकार विरुद्ध हुने विभिन्न एकदर्जन संघ–संस्थाका प्रतिनिधिअरुले जिकिर गरे ।
कार्यक्रममा सीएनएफएनका अध्यक्ष मनोजकुमार कँडेलले नेपाल सरकार र मुख्य राजनीतिकदलहरुले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरी कुनैपनि राजनैतिकगतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनैतिक थलोको रुपमाप्रयोग नगर्न बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ नेपालसमक्ष विगतमालिखित प्रतिबद्धता गरिसकेको स्मरण गराएका थिए । कार्यक्रममा निजि तथा आवसीयविद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले यो अभियान कोठाअभियान नभई राष्ट्रिय अभियान भएको बताए । उनले भने,‘यो अभियानले सकारात्मकबनाउन सञ्चारमाध्यामको ठूलो भूमिका हुन्छ । बालबालिकाको प्रयोग गरी हुने कुनैपनित्यस्ता अवैध गतिविधिलाई न्यूनिकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्छ ।’ विभिन्नबहानामा १६ बर्ष मुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नुहने तर्क बालबालिकाखोजतलास समन्वय केन्द्रका प्रमुख डीएसपी विश्व खड्काले राखे ।
सीएनएफएनका अध्यक्ष कँडेलले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढााचा र कार्यान्वयननिर्देशिका, २०६८ एवम् विद्यमान निर्वाचन आचारसंहिताले तोकेका प्रावधान अनुसार घोषितस्थानीय तहको निर्वाचन पुर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्यात बालबालिकाको प्रयोगनगर्न राजनीतिक दल र तिनका भातृ तथा भगिनी संस्थाहरुलाई आग्रह समेत गरे । साथैनिर्वाचन तथा राजनीतिक गतिविधिका क्रममा बालअधिकार हनन् सम्बन्धि घटना घटेतत्काल छानबीन गरी दोषीउपर कानूनी कारबाही गरिनु पर्ने संस्थाका प्रतिनिधिहरुले मागगरेका थिए । कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र, बाल बिकास समाज, बालगृहहरुको महासंघ नेपाल, अभिभावक संघ नेपाल, अन्तर्राष्ट्रिय बाल संशाधन संघ नेपाल,राष्ट्रिय बाल क्लब सञ्जाल, नेपाल राष्ट्रिय अभिभावक संघ, बालबालिका, बन्दी तथाआश्रितका लागि कार्य समूह, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल,निजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल, बन्दी सहायता नेपाल र थैली नेपाललेबालबालिकाको प्रयोग नगर्न सयुक्त रुपमा आव्हान गरेका थिए ।
निषेध क्रियाकलाप तथा गतिविधिहरु:
- विद्यालय परिसरभित्र कुनै पनि राजनैतिक सभा, सम्मेलन, वैठक, माइकिड,जुलुस, र्याली तथा धर्ना नगर्ने / नगराउने ।
- बालबालिकालाई निर्वाचन प्रचार(प्रसारसम्बन्धी कार्यमा प्रयोग नगर्ने, सभा,सम्मेलन, वैठक, र्याली, धर्ना तथा जुलुसमा प्रयोग नगर्ने /नगराउने ।
- बालबालिकाले अध्ययन गर्ने विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नगर्ने /नगराउने ।
- बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारीसाधनहरुको आगमनमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने/नगराउने ।
- दैनिक प्रयोग हुने अत्यावश्यक सामग्रीहरु (जस्तै: औषधि, खोप, शैक्षिक सामग्री/पाठ्यपुस्तक, आपतकालीन सहायता सामग्रीहरु, खाना तथा आवाससाग सम्बन्धितसामग्रीहरु) को आपूर्तिमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने वा बन्द नगर्ने /नगराउने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












