निर्वाचनमा पुरुषभन्दा महिला सक्रिय बन्दै
पाल्पा, ३ वैशाख । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् ।
सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन् । गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन् ।
महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।
रामपुरकी विष्णु घिमिरे आचार्य अहिले नेपाली काँग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा नेतृत्व गर्ने तयारीका साथ चुनावी प्रचारात्मक अभियानमा टोल, गाउँ, वडा र नगरभित्र जुट्नुभएको छ । उहाँले आफूले उपप्रमुख पदको नेतृत्व गर्न पाएको खण्डमा महिलाका हरेक समस्या सम्बन्धित निकायमा पु¥याउने र महिला उत्थानका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँ भन्नुहुन्छ – “पार्टीगत रुपमा नहेरी असल नेतृत्वकर्ता योग्य उम्मेदवार छनोट गरेर मतदान गर्नुुपर्छ”।
नेकपा (एमाले)को तर्फबाट नगरको उपप्रमुख पदमा होमिनुभएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारमा गाउँ गाउँमा पुग्नुभएको छ । महिला सधैँ पछाडि नै छन्, त्यसमा पनि जनजाति, दलित महिलाले कहिल्यै कुनै पनि स्थानमा नेतृत्व गर्ने अवसर नपाउँदा पछाडि परेको उहाँ बताउनुहुन्छ । उहाँले अबको निर्वाचनमा जनजातिको तर्फबाट आफूले नगरको उपप्रमुख पदमा नेतृत्व गर्ने दाबाका साथ चुनावी माहोलमा उत्रिएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा अखिल क्रान्तिकारीको तर्फबाट नगरको उपप्रमुख पदमा कुन्तादेवी गैरे पनि उम्मेदवारी दिने तयारीका साथ प्रचारप्रसारमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ – “पहिला महिलालाई अवसर र परिवारबाट सहयोग नहँुदा महिला सधँै पछाडि नै रहिरहे”, “नगरको नेतृत्व गर्न श्रीमान् र परिवारबाट राम्रो सहयोग मिलेकाले उम्मेदवारी दिने तयारीमा छु” – उहाँले भन्नुभयो ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ । नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको सङ्ख्या नै उल्लेख्य रहेको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












