मोर्चा सहितको गठबन्धनले सार्वजनिक गरेका यस्ता छन् आन्दोलनका कार्यक्रमहरु
काठमाडौँ, ३ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
मोर्चा र गठबन्धनले सरकारले आफूसँग भएका सहमति र सम्झौता विपरीत संविधान संशोधन दर्ता गराएको आरोप लगाउँदै मसाल जुलुसदेखि आमहडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
मोर्चा र गठबन्धनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मधेसी, आदिवासी जनजाति, थारू, मुसलमान, दलित, सीमान्तकृतलगायत समुदायका माग सम्बोधन गरी संविधान संशोधन गरेर मात्र निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
गठबन्धनका संयोजक उपेन्द्र यादवले सङ्घीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरणलगायत विगतमा प्राप्त भएका उपलब्धिको रक्षा गर्न आन्दोलनमा जान बाध्य भएको वताए ।
संयोजक यादवले सङ्घीय संरचनालगायत विषय सम्बोधन गरी सर्वप्रथम सङ्घीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनुपर्ने माग गर्दै भने,“प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्दछ ।”
मोर्चा र गठबन्धनका जुलुस, आमसभा, आमहडताललगायत कार्यक्रम सार्वजनिक भएका छन् । सरकारले यही वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । निर्वाचनका लागि आयोगले यही वैशाख १६ गतेदेखि उम्मेदवारी दर्तालगायत कार्यक्रम तय गरेको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











