नारायणगढ मुग्लिन सडक खण्डः विस्फोट गर्न माग
चितवन, ३ वैशाख । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ ।
सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मि अग्लो पहाड छ ।
त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मि चौडा मात्रै रहेको छ । जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्ने छ ।
इ खनालका अनुसार विस्फोट आफंैँमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत अध्ययन गरेपछि मात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताउनुभयो । विस्फोट गर्नुपर्दा पूरै पहाड खस्न सक्ने, पछि पनि फेरि पहिरो खसिरहन सक्ने, लामो समयसम्म सडक बन्द हुने जस्ता समस्या आउन सक्ने देखिएको छ ।
यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ । सोअन्तर्गत ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ । सो क्षेत्रमा एक दशमलव ५ मि सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ ।
मुग्लिनबाट नारायणगढतर्फ एक किमी क्षेत्रमा करिब २५० मि लम्बाइमा क्यान्टिलिबर पद्धतिबाट काम गर्न अनुमति दिइएको हो । भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाउँदै दुई पटक समय थप गरिसकिएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किमीमा तीन सय मि र घुमाउनेमा दुई सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ जसलाई ११ मि फराकिलो बनाउनुपर्ने हुन्छ ।
करिब ४४ मि अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए ।
त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मि र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ ठाउँमा गरी पाँच सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । इ खनालका अनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशत मात्र काम भएको छ ।
कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मि मात्र सडक फराकिलो छ, जसलाई नौ मि फराकिलो पु¥याउनुपर्ने छ । सो क्षेत्रमा ८० मि माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ ।
तीन खण्ड बनाएर विस्तार थालिएको सो सडक खण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । सोअनुरुप आँपटारीदेखि दासढङ्गासम्मको पहिलो खण्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा आगामी मङ्सिर १२ गते सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो । विसं २०७१ चैत २६ गतेदेखि काम थालिएको हो ।
तेत्तिस किमी सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












