निर्वाचन आयोगद्वारा मतदाताको नामावली सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि मतदाताको फोटो सहितको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
गत फागुन ९ गतेसम्म १८ बर्ष उमेर पुगेका मतदातालाई समावेश गर्दै आयोगले कुल १ करोड ५४ लाख ४ सय ८२ मतदाताको अन्तिम नामावली आज सार्वजनिक गरेको हो ।
स्थानीय तहको निर्वाचनमा पछिल्लो संविधानसभा निर्वाचनमा भन्दा झण्डै १९ लाख मतदाता थपिएका छन् ।
आयोगले आफ्नो वेभसाईट मार्फत् सार्वजनिक गरेको नामावली अनुसार कुल मतदातामध्ये ७० लाख ६९ हजार ७ सय १४ पुरुष, ६९ लाख ८४ हजार ६ सय २५ महिला र १ सय ४३ तेस्रो लिङगी छन् ।
आयोगले फोटो सहितको मतदाता परिचय पत्र छपाईमा पनि तिब्रता दिएको छ । छपाईको जिम्मा पाएको ओमनी ग्रुपले काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
आज बिहान सम्म ७१ जिल्लाको परिचयपत्र छपाईको काम सकिएको कम्पनीले जनाएको छ । बाँकी ४ जिल्लाको परिचयपत्र केहि दिनभित्रै सक्ने गरी काम अघि बढेको सो कम्पनीले जनाएको छ ।
आफ्नो नाम छ कि छैन हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












