३ सैनिक अधिकारीलाई जन्मकैद फैसला
काठमाडौं, ५ बैशाख । काभ्रे जिल्लाको अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाका तीन अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले द्वन्द्वकालमा घरमा बसेकी किशोरीलाई गैरकानुनी रुपमा नियन्त्रणमा लिई ब्यारेकभित्र हत्या गरेको भन्दै महासेनानी बबी खत्री, सहसेनानीहरु अमिल पुन र सुनिल अधिकारीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३)अनुसार जन्मकैद हुने फैसला गरेको हो ।
मैनालाई नियन्त्रणमा लिएपछि ब्यारेकसम्म लैजाँदा चालक रहेका सेनानी निरञ्जन बस्नेतलाइ भने अदालतले सफाइ दिएको छ । उक्त मुद्दामा जन्मकैदको सजाय ठहर भए पनि मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १८८ बमोजिम ५ \ ५ वर्षका दरले सजाय प्रस्ताव भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए । ‘प्राप्त तथ्य र प्रमाणका आधारमा यस्तो राय व्यक्त भएको हो । उनले भने
निरञ्जन बस्नेतबाहेक अरु तीन आरोपी अदालतको म्याद गुजारेर फरार भएका थिए । जिरञ्जनको घरमा लगेर अदालतको म्याद टाँसिएको थियो । बबी खत्री अवकाशपछि विदेशमा छन् भने अधिकारी र पुनले सैनिक सेवा छाडेका छन् । कर्तव्य ज्यानको मुद्दा लागेका बस्नेत सेनाका बहालवाला अधिकारी हुन् । सर्वोच्च अदालतको वेबसाइटमा भने ‘अभियोग दाबी पुग्ने भन्ने उल्लेख छ ।
मैना प्रकरणको मुद्दाबारे एक कानुनी व्यवसायीले फरार रहेकाा र अदालती प्रक्रियामा असहयोग गरेका आरोपीले अदालती बन्दोबस्तीको महलको १८८ बमोजिम सजायमा छुट पाउन नहुने बताए । आरोपी फरार रहेकाले जिल्ला अदालतको फैसलामाथि उनीहरुलाई पुनरावेदन दिन पाउने सुविधा हुने छैन । सरकारी वकिलले भने निरञ्जनलाई सफाइ दिएको र कम सजाय भएको आधार देखाई उच्च अदालतमा पुनरावेदन दिन सक्छन् ।
फैसलापछि मैनाकी आमा देवी सुनारले अदालतको फैसला राज्यले कार्यान्वयन गरे मात्रै न्याय हुन सक्ने बताइन् उनले मैनाका हत्यारामाथि कारबाही नहुँदासम्म छोरीको शवको अन्तिम सँस्कार नगर्ने अठोट लिएकी छिन् । शवको अवशेष त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।आजको( कान्तिपुर) बाट लिइएको
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












