देशभर १८ हजार पाँच सय ७२ वटा मतदान केन्द्र कायम
काठमाडौं ६ बैशाख । निर्वाचन आयोगले मतदान केन्द्रको टुंगो लगाएको छ । आयोगले आज गरेको निर्णय अनुसार १८ हजार पाँच सय ७२ मतदान केन्द्र कायम गरेको हो । यस्तै ती मतदान केन्द्र रहने मतदान स्थलको संख्या १० हजार छ सय ४० कायम भएका छन् ।
बढी मतदाता भएको ठाउँमा एक हजार मतदातासम्मलाई एउटा केन्द्र मानेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । साथै उनले एउटै मतदानस्थलमा धेरै वटा मतदान केन्द्र पनि हुनसक्ने जानकारी दिए ।
यस अघि आयोगले २१ हजार बढी मतदान केन्द्र हुन सक्ने र करिब १३ हजार बढी मतदान स्थल हुनसक्ने अनुमान सार्वजनिक गरेको थियो।
पछिल्लो संविधानसभा निर्वाचनमा देशभर १० हजार १३ वटा मतदान स्थल र १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए।
प्रदेश नम्बर २ मा मधेसकेन्द्रित राजनीतिक दलले सहमति नजाएका कारण मतदान केन्द्र निर्धारण गर्न ढिला हुँदा आयोगले मतदान हुने २५ दिनअघि मात्र मतदान केन्द्र सार्वजनिक गरेको हो।
मतदान केन्द्र निर्धारणमा ढिलाई भएकै कारण आयोगले मतदाता नामावली समेत ढिला मात्र सार्वजनिक गरी आयोगको वेबसाइटमा राखेको थियो।
गत चैत मसान्तअघि नै मतदान केन्द्रको टुंगो लगाए पनि आयोगको बैठकबाट निर्णय नहुँदा आयोगले मतदान केन्द्रको संख्या सार्वजनिक गरेको थिएन।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












