चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मोर्चालाई बालुवाटार
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराई–मधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे छलफल गर्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार (८ बैशाख) भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन छलफल गर्न लागेको वताइएको छ । बैठक बालुवाटारमा हुनेछ ।
मोर्चा सम्बद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वार्ताका लागि आफूलाई खबर आएको पुष्टि गरे । उनले तराई–मधेसको निर्वचानबारे के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाउनुभएको वताए । संविधान संशोधन नभइ मधेसमा चुनाव गर्न मधेसी मोर्चा सहमत नभएका कारण वार्तामाबाटै समाधान खोज्न लागिएको हो ।
सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि मधेसी मोर्चा सहमतिबिना एकलौटी प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट छ ।
संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्नै माग राख्दै मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि नै आन्दोलन थालेका छन् । यही वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन विथोल्ने नियतले मोर्चा–गठबन्धनले वैशाखभरको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।
फाइल फोटो
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












