नारायणगढ–मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने
चितवन, वैशाख ७ गते । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन एसोसिएसन विथ एफविसी नेपालले परामर्श दाताको रुपमा सो सडक हेर्दै आएको छ । निर्माण कम्पनीले परामर्शदातामार्फत आयोजनामा प्रस्ताव राख्ने गर्दछन् ।
यो प्रस्तावलाई परामर्श दाता कम्पनीले थप समस्या हुनसक्ने भएकाले विस्फोटभन्दा अन्य विकल्प खोजी गर्न सुझाएको हो । पत्रमा विस्फोट गर्नै पर्ने थप कारण खुलाउन भनिए पनि आशय भने अन्य प्रविधिको प्रयोग गरेर काट्नुको विकल्प नरहेको जनाएको छ । परामर्श दाता कम्पनीका टिम लिडर विएन सिंहले टेलिफोनमा भन्नुभयो “सवारीको चाप धेरै भएको ठाउँमा विस्फोट गर्नु उपयुक्त हँुदैन ।”
विस्फोट गर्दा सिङ्गो पहाड खसेर ठूलो समस्या हुनसक्ने भन्दै उहाँले दीर्घकालीन रुपमा पनि लामो समयसम्म पहिरो खसिरहन सक्ने बताउनुभयो । भविश्यमा पनि दुःख पाउन सकिने हँुदा नयाँ प्रविधिको प्रयोग गरेर भए पनि भित्तो काट्नुनै उपयुक्त हुने उहाँको सुझाव छ ।
विस्फोट गर्दा पहाडको अन्य भाग पनि चर्किने र पछिसम्म पहिरो खसिरहने समस्या अन्य सडकमा पनि रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । सुरुको सम्झौतामा विस्फोटका कुरा उल्लेख नभएपछि निर्माण कम्पनीले परामर्श दाता कम्पनीसँग सो आग्रह गरेको उहाँले बताउनुभयो ।
सो सडकखण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किलोमिटरदेखि १०० मिटर लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको थियो ।
सो क्षेत्रको निर्माण गर्दै आएको सुप्रिम रौताहा जेभिले आयोजनाको परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको थियो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएको क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड रहेको छ । त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर रहेको छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मिटर चौडा मात्रै रहेको छ । जहाँ नौ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ ।
राष्ट्रिय महत्व बोकेको सो सडकखण्ड विस्तारमा निर्माण कम्पनीले लक्ष्यअनुरुप काम गर्न नसक्दा तोकिएको समयमा काम नसकिने निश्चित भएको छ । सुरुको सम्झौताअनुसार यतिबेला काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।
भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै दुई पटक समय थप गरी आउँदो पुससम्ममा काम सम्पन्न गर्न समय दिइएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन ।
दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किलोमिटरमा ३०० मिटर र घुमाउनेमा २०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ । करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशतमात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताउनुभयो ।
त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिन्सम्मको जलविरेमा २०० मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँठाउँमा गरी ५०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । खनालका अनुसार जलविरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म १० प्रतिशत मात्र काम भएको छ ।
कालीखोलादेखि मुग्लिनसम्मको भागमा ५ दशमलव ५ मिटर मात्र सडक फराकिलो छ । जसलाई नौ मिटर फराकिलो पु¥याउनु पर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ । रासस
Comments
अरु समाचार
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि
काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...












