सरकारले तोकेको यस्तो छ म्यादी प्रहरीको सेवा सुविधा
काठमाडौं, ७ वैशाख । सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ । आज बसेको मन्त्रीपरिषद् वैठकले ५५ दिनको तलब वापत् ५१ हजार रुपैयाँ पारिश्रमिक पाउने र पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पनि पाउँने निर्णय गरेको हो ।
अघिल्लो निर्वाचनमा जस्तो यस पटकको निर्वाचनमा सरकारले पोशाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।
निर्वाचनमा खटिँदा सात दिन म्यादी प्रहरीलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि दिने छ ।
त्यस्तै मन्त्रीपरिषद्ले धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निमार्ण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क सरकारले छुट दिने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले बैशाख १ गते नै मुसहरहरुलाई बस्ती हस्तान्तरण गरिसकेको छ ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...












