समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छ : महामन्त्री कोइराला
काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताउनुभएको हो ।
महामन्त्री डा कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गर्नुभयो ।
उहाँले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाही गरिने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरुको सहमति आवश्यक रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबैलाई समेटेर अगाडि बढ्ने मुख्य दायित्व काँग्रेसको हो ।”
स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका थापाले काँग्रेसले वैशाख १० गतेदेखि प्रचारप्रसारको कामलाई तीव्रता दिने बताउनुभयो ।
काँग्रेसका सांसद सकलदेव सुतियारले स्थानीयस्तरमा जनतासँग भिजेको व्यक्तिलाई टिकट नदिए निर्वाचनमा काँग्रेसले जित्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – “मधेसी दललाई समेटेर निर्वाचनमा जानुपर्छ ।”
वरिष्ठ पत्रकार हरिहर विरहीले पार्टीको निर्णयलाई कार्यकर्ताले मानेर अगाडि बढेमात्र काँग्रेसको जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो – “एउटै विचार एउटै कार्यक्रम लिएर अगाडि बढेमात्र सोचेजस्तो परिणाम आउन सक्छ ।”
समाजका अध्यक्ष डा केदारनरसिंह केसी, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेलगायतले समाजले पार्टी र गुठभन्दा माथि उठेर प्रजातन्त्रवादीहरुलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य वीरेन्द्र थपलिया, प्राध्यापक कपिल श्रेष्ठ, कानुनविद् दिनेश त्रिपाठी, इञ्जिनियर सरोज देवकोटाले काँग्रेसले लिएको नीति देशका लागि महत्वपूर्ण नीति भएकाले स्वदेशमै रोजगारी र विकास हुने गरी स्थानीय तहको घोषणापत्र बनाउन पार्टीलाई सुझाव दिनुभयो ।
लामो समयदेखि प्रजातन्त्रको विकास र विस्तारका लागि काम गर्दै आएको समाजको ४० भन्दा बढी शाखा विस्तार भइसकेको छ । स्थानीय तहको घोषणापत्रमा समावेश गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष वाग्ले र महासचिव गोकर्ण अर्यालले विदेश र छिमेकी नीति, भ्रष्टचार नियन्त्रण नीति, निर्वाचनमा विचार समाजको भूमिकालगायतका कुरालाई समेटी पाँच पृष्ठ लामो सुझाव पेस गर्नुभएको थियो ।रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












