समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छ : महामन्त्री कोइराला
काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताउनुभएको हो ।
महामन्त्री डा कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गर्नुभयो ।
उहाँले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाही गरिने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरुको सहमति आवश्यक रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबैलाई समेटेर अगाडि बढ्ने मुख्य दायित्व काँग्रेसको हो ।”
स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका थापाले काँग्रेसले वैशाख १० गतेदेखि प्रचारप्रसारको कामलाई तीव्रता दिने बताउनुभयो ।
काँग्रेसका सांसद सकलदेव सुतियारले स्थानीयस्तरमा जनतासँग भिजेको व्यक्तिलाई टिकट नदिए निर्वाचनमा काँग्रेसले जित्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – “मधेसी दललाई समेटेर निर्वाचनमा जानुपर्छ ।”
वरिष्ठ पत्रकार हरिहर विरहीले पार्टीको निर्णयलाई कार्यकर्ताले मानेर अगाडि बढेमात्र काँग्रेसको जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो – “एउटै विचार एउटै कार्यक्रम लिएर अगाडि बढेमात्र सोचेजस्तो परिणाम आउन सक्छ ।”
समाजका अध्यक्ष डा केदारनरसिंह केसी, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेलगायतले समाजले पार्टी र गुठभन्दा माथि उठेर प्रजातन्त्रवादीहरुलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य वीरेन्द्र थपलिया, प्राध्यापक कपिल श्रेष्ठ, कानुनविद् दिनेश त्रिपाठी, इञ्जिनियर सरोज देवकोटाले काँग्रेसले लिएको नीति देशका लागि महत्वपूर्ण नीति भएकाले स्वदेशमै रोजगारी र विकास हुने गरी स्थानीय तहको घोषणापत्र बनाउन पार्टीलाई सुझाव दिनुभयो ।
लामो समयदेखि प्रजातन्त्रको विकास र विस्तारका लागि काम गर्दै आएको समाजको ४० भन्दा बढी शाखा विस्तार भइसकेको छ । स्थानीय तहको घोषणापत्रमा समावेश गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष वाग्ले र महासचिव गोकर्ण अर्यालले विदेश र छिमेकी नीति, भ्रष्टचार नियन्त्रण नीति, निर्वाचनमा विचार समाजको भूमिकालगायतका कुरालाई समेटी पाँच पृष्ठ लामो सुझाव पेस गर्नुभएको थियो ।रासस
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












