प्रधानमन्त्रीसँग भेटवार्ता
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र सङ्घको संलग्नतामा निर्माणाधीन विकास आयोजनाका बारेमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि यही वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण , नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र सङ्घको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।
नेपालको शान्ति प्रक्रिया र विकास आयोजनामा संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण सहयोग रहेको भन्दै त्यसका लागि प्रधानमन्त्रीले कार्यकारी प्रमुखलाई धन्यवाद दिनुभयो ।
भेटमा विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त राष्ट्र सङ्घका विकास सङ्गठनको संलग्नतामा नेपालमा सञ्चालित विकास आयोजनाहरुको प्रगति सकारात्मक रहेको बताउँदै थप लगानीका लागि आफ्नो तर्फबाट पहल हुने जानकारी दिनुभयो ।
भेटमा संयुक्त राष्ट्र सङ्घअन्तर्गत युनिसेफका कार्यकारी प्रमुख वाल्टन अल्फन्सो वेबसन, पानामाका स्थायी प्रतिनिधि लाओरा एलिना हेरेरा, युएइका स्थायी प्रतिनिधि लाना नुस्सेबेह, मोक्सिकोका युएनका राजदूत मार्था बार्सेना, जापानका लागि युएनका राजदूत हिरोशी मिनामी, एरेटियाका स्थायी प्रतिनिधि अमानुएल जिओर्जियो, युनिसेफका बोर्ड सेक्रेटरी निकोलास प्रोन र नेपालका लागि राष्ट्र सङ्घका स्थायी प्रतिनिधि भ्यालरी जुलियन सहभागी हुनुहुन्थ्यो । रासस
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












