म पेन्सन खाने प्रधानन्यायाधीस मात्रै हुन्न : वरिष्ठ न्यायाधीश पराजुली
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकबारे भइरहेका सार्वजनिक टीका टिप्पणीको आत्मासमीक्षा र सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल वार एसोसिएसनको पोखरामा आयोजीत ४४ औँ कार्यकारिणी परिषद् तथा वार्षिक साधारणसभामा न्यायाधीश पराजुलीले कतै न्यायप्रणली र हाम्रो कार्यशैलीति समाजमा निराशा कुण्ठा र अविश्वास बढेको त होइन भन्ने लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,सार्वजनिक रुपमा प्रकट भएका टिप्पणीबाट म व्यक्तिगत रुपमा चिन्तित छु ।
न्यायपालिका खास मुल्य मान्यताबाट सञ्चालित हुने विशिष्ट प्रकृतिको संस्था भएकाले ती मुल्य मान्यताको पालनामा अडिग हुन नसकिएका कारण त्यस्ता टिप्पणी उठेका त होइनन् भन्ने प्रश्न आफैँभित्र उठेको पनि न्यायाधीश पराजुलीले सुनाउनुभयो ।
पराजुलीले न्यायपरिषद् सदस्यको हैसियतले आफ्रनो जिम्मेवारीको केही हिस्सा हुने भन्दै न्यायिक मुल्य मान्यताको पालनामा कुनै पनि परिस्थितिसँग सम्झौता हुनुहुँदैन भन्नेमा दृढता प्रकट गर्नुभयो ।
न्यापालिका मुद्याको छिनोफानो मात्रै गर्ने नभई सभ्यता बनाउने संस्था भएको उहाँको तर्क थियो । न्यायपालिकाले कानुनको पालनामा उदाहरण बनेर देखाउनुपर्ने चुनौती हामीसामु छ न्यायाधिश पराजुलीले भन्नुभयो ,न्यापपालिका आफै कानुनको पालनमा चुक्यो भने समाजका अन्य क्षेत्रबाट हाम्रा काम कारबाहीउपर औँला ठडिन सक्छ ।
पराजुलीले आफु पेन्सन खाने प्रधानन्यायाधीश मात्रै नहुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सत्य बोलेर जाने प्रधानन्यायाधीश हुनेछु ,उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












