हाम्रो जित सुनिश्चित छ : राज घिमिरे वडा अध्यक्ष उम्मेदवार, गोदावरी नगरपालिका
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राज घिमिरेलाई ‘चपली हाइट’ चलचित्रको नायकको रुपमा चिनिने गरिन्छ । उनी आफ्नो कलाकारिताको यात्रालाई थाती राखी राजनीतिमा होमिएका छन् । वाइसियल ललितपुर जिल्लाका सहसंयोजक, गोदावरी नगरका ईन्चार्जका साथै गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्षको रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् ।
स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी न.पा. ३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेद्वारीको टिकट पाइसकेका छन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ । यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो पहिलो काम हुने उनले वताए ।
उनले आफूले गरेका विभिन्न कामहरुको जानकारी गराउँदै आफ्नो प्रतिवद्धता समेत सुनाउन भ्याए । उनी भन्छन्,‘१२ वर्षे मेलामा मेरो संयोजकत्वमा संघर्ष गरेर ८४ लाख रकम संकलन गर्न सफल भैयो । भूकम्पको बेलामा राहत वितरणदेखि भूकम्प पीडितहरुलाई अस्थायी आवासको ब्यवस्था, पीडितले पाउनुपर्ने राहत रकम उपलब्ध गराउनका लागि कसरत गर्ने काममा पनि अग्रसर भएर काम गरें । पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी नै छ ।’ उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काम लाग्ने वताए ।
उनले वडाध्यक्षमा म आफू विजयी भएपछि गर्ने कामहरुको बारेमका समेत जानकारी गराए । उनले भने, ‘मासिक तलब र सुविधाको रकम यसै नगरका विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सो रकम सुविधा उपलब्ध गराउनेछु । यस नगरमा पुराण लगाई संकलन भएको गुमनाम ५५ लाख रुपैयाँलाई जनचाहना अनुसार कै अस्पताल बनाउन पहल गर्नेछु । स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरी पर्यटकीय स्थालको रुपमा देशकै नमुना बनाउने, गोदावरी कुण्ड तथा नौ धारालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गराउनेछु ।’
साथै पुष्पाञ्जली स्कूलमा अप्रत्यासित रुपमा दुर्घटना हुँदा विद्यार्थीको उद्धार, उपचार तथा भावि शिक्षा तथा क्षति समेत दिलाउनका लागि अग्रणी भूमिका निभाएको र यही नगरमा सामाजिक तथा राजनीतिक कार्यमा अहोरात्र खटिदै आएको पनि उनले वताए । राज घिमिरे एक जोशिला युवा हुन । उनीसँग विकासको स्पष्ट खाका छ । विकास गर्ने क्षमता छ । यसै कारणले उनीबाट विकासको आश गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












