हाम्रो जित सुनिश्चित छ : राज घिमिरे वडा अध्यक्ष उम्मेदवार, गोदावरी नगरपालिका
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राज घिमिरेलाई ‘चपली हाइट’ चलचित्रको नायकको रुपमा चिनिने गरिन्छ । उनी आफ्नो कलाकारिताको यात्रालाई थाती राखी राजनीतिमा होमिएका छन् । वाइसियल ललितपुर जिल्लाका सहसंयोजक, गोदावरी नगरका ईन्चार्जका साथै गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्षको रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् ।
स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी न.पा. ३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेद्वारीको टिकट पाइसकेका छन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ । यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो पहिलो काम हुने उनले वताए ।
उनले आफूले गरेका विभिन्न कामहरुको जानकारी गराउँदै आफ्नो प्रतिवद्धता समेत सुनाउन भ्याए । उनी भन्छन्,‘१२ वर्षे मेलामा मेरो संयोजकत्वमा संघर्ष गरेर ८४ लाख रकम संकलन गर्न सफल भैयो । भूकम्पको बेलामा राहत वितरणदेखि भूकम्प पीडितहरुलाई अस्थायी आवासको ब्यवस्था, पीडितले पाउनुपर्ने राहत रकम उपलब्ध गराउनका लागि कसरत गर्ने काममा पनि अग्रसर भएर काम गरें । पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी नै छ ।’ उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काम लाग्ने वताए ।
उनले वडाध्यक्षमा म आफू विजयी भएपछि गर्ने कामहरुको बारेमका समेत जानकारी गराए । उनले भने, ‘मासिक तलब र सुविधाको रकम यसै नगरका विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सो रकम सुविधा उपलब्ध गराउनेछु । यस नगरमा पुराण लगाई संकलन भएको गुमनाम ५५ लाख रुपैयाँलाई जनचाहना अनुसार कै अस्पताल बनाउन पहल गर्नेछु । स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरी पर्यटकीय स्थालको रुपमा देशकै नमुना बनाउने, गोदावरी कुण्ड तथा नौ धारालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गराउनेछु ।’
साथै पुष्पाञ्जली स्कूलमा अप्रत्यासित रुपमा दुर्घटना हुँदा विद्यार्थीको उद्धार, उपचार तथा भावि शिक्षा तथा क्षति समेत दिलाउनका लागि अग्रणी भूमिका निभाएको र यही नगरमा सामाजिक तथा राजनीतिक कार्यमा अहोरात्र खटिदै आएको पनि उनले वताए । राज घिमिरे एक जोशिला युवा हुन । उनीसँग विकासको स्पष्ट खाका छ । विकास गर्ने क्षमता छ । यसै कारणले उनीबाट विकासको आश गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












