टेलिफोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन् ।
यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण गरी सेवा प्रवाह गरिएको हो । योभन्दा अघि अन्यत्र सञ्चालित सिडिएमए र एनसिएलका टावरको भरमा उच्च स्थानमा मात्रै मोबाइल सेवा दुःखले चल्ने गरेको थियो । उच्च स्थानमा पुगेर आवाजसमेत स्पष्ट नबुझिने गरी मोबाइलमा कुराकानी गर्ने स्थानीय अहिले गाउँका कुनाकुनामा मोबाइल चल्न थालेपछि हर्षित भएका छन् भने मोबाइल बोकेर डाँडातिर दगुर्नु पर्ने बाध्यता पनि हटेको टावर निर्माणमा सक्रियता देखाएका स्थानीय समाजसेवी गजेन्द्र तुम्यहाङले राससलाई बताउनुभयो ।
नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो भने जडानको कार्य मर्मत सम्भार एकाइ कार्यालय इलामले गरेको थियो । यता जिल्लाको याङ्वरक गाउँपालिकास्थित थेचम्बु र फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा समेत टावर निर्माणको अन्तिम तयारी भइरहेको मर्मत सम्भार एकाइ कार्यालय इलामका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अबको डेढ महिनाभित्रै जडान भइसक्ने छ । जिल्लाकै आधाभन्दा बढी भू–भाग ओगटेको फक्ताङ्लुङ गाउँपालिका भने टेलिफोनको पहुँचभन्दा टाढा रहेको बताइन्छ । रासस
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












