मुसहर बालबालिका विद्यालय जाँदैनन्
पथरी (मोरङ), १२ वैशाख । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् ।
गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् ।
मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुग्नुभयो । तर उहाँले विद्यालय देख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “बुबा आमा पञ्जाब जानुभएको छ । पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ ।” हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जान नपाएको उहाँले सुनाउनुभयो ।
अर्की देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना हुनुभएको छ । तर, फुर्सदमा मात्र स्कुल जान पाउनुहुन्छ । बुबाआमा नै पञ्जाब गएपछि उहाँको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ ।
अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लैजानुभएको छ । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले भन्नुभयो, छोरी जति हामी घरमा छौँ । कञ्चनकी दिदी राधिकाले भन्नुभयो, “हजुरआमा बुढी र बिरामी हुनुहुन्छ, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो । कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न । ”
उहाँले बाबुको ब्यबहारप्रति दुःख प्रकट गर्नुभयो । बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ ।
बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।
माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उहाँहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गर्नुभएको छ । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भन्नुभयो, “आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै प¥यो ।” रासस
फाइल तस्बिर
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












