विनाशकारी भूकम्प गएको आज दुई वर्ष पूरा : पुनःनिर्माण सुस्त
काठमाडौं १२ बैशाख । विनाशकारी भूकम्प गएको आज दुई वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण करिव ९ हजारले ज्यान गुमाएका थिए भने अर्बौंको क्षति भएको थियो ।
विनासकारी भूकम्प गएको २ वर्षसम्म पनि पीडितले अनुदान नपाएको र पुनर्निर्माणले गति लिन नसकेको भन्दै गुनासो बढेको छ । सरकारी अनुदानबाट अहिलेसम्म एउटै घर बन्न सकेको छैन भने क्षतिग्रस्त ७ सय भन्दा बढी ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण शुरु हुन सकेको छैन ।
राजनीतिक टकराव र नीतिगत झण्झटमा पुनर्निर्माण प्राधिकरण अल्झिदा पुनर्निर्माणको कामले गति लिन नसकेको हो । भूकम्प प्रभावित ११ जिल्लामा २ वर्षको अवधिमा ३ दशमलव ५३ प्रतिशत मात्रै घर बन्न सकेको छ भने कतिपय जिल्लाका प्रभावितले पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।
पुनर्निर्माणका लागि ४ खर्ब भन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता आएपनि प्रभावकारी काम हुन सकेको छैन भने नीतिगत अन्यौलका कारण दाताले घोषणा गरेको रकम समेत आउन सकेको छैन ।
यसैबीच गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २ बर्षअघि गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म साना ठूला गरि करिव ५ सयवटा परकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रविन्दु बनाएर हिजो पनि ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












