मुटु अस्पतालमा निःशुल्क मुटुको उपचार सेवा सुरु
बुटवल, १३ वैशाख । आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ ।
गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा रु एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले निःशुल्क मुटुको उपचारका लागि सो अस्पताललाई सूचीकृत गरेपछि बुटवलबाटै पनि गरिब तथा विपन्न व्यक्तिले सरकारको उक्त सुविधा लिन पाउने भएका हुन् । निःशुल्क सेवा उपलब्ध गराउने विषयमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा र सो अस्पतालबीच सम्झौतासमेत भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
विभिन्न जिल्लाका जिल्लास्तरीय विपन्न नागरिकलाई औषधि उपचार सिफारिस समितिको सिफारिसका आधारमा अस्पतालले रु एक लाखसम्म निःशुल्क सेवा उपलब्ध गराउने छ । काठमाडौँका विभिन्न अस्पतालबाट उक्त सेवा प्राप्त भए पनि पश्चिम क्षेत्रमा भने निःशुल्क सेवा उपलब्ध गराउने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पहिलो अस्पताल बनेको हो । अस्पतालमा सोमबारदेखि क्याथल्याब सेवासमेत सञ्चालन भएको छ ।
अस्पतालले विगत चार महिनादेखि मिर्गौलाका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा पनि प्रदान गर्दै आएको छ । सत्रवटा मेसिनबाट दैनिक ३५ देखि ४० बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराइरहेको यो युनिट काठमाडौँ बाहिरको सबैभन्दा ठूलो डाइलाइसिस युनिट रहेको अस्पतालको दाबी छ । अस्पतालमा अहिले १२७ बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क डाइलाइसिस सेवा लिइरहेका छन् ।
साथै अस्पतालले सिटी स्क्यानका लागि वटवलस्थित रोटरी क्लब अफ सेन्ट्रल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रलसँग सहकार्यका लागि सम्झौतासमेत गरिसकेको जनाएको छ । ती क्लबको सहयोगमा १२८ स्लाइसको सिटी स्क्यान सञ्चालनका लागि खरिद प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाइएको छ । उक्त उपकरण जडानपश्चात् मुटु र मिर्गौलाको समेत सिटी स्क्यान बुटवलमै गर्न सकिने छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












