सत्र जिल्लामा कारागार भवन निर्माण हुँदै
काठमाडौँ, १३ वैशाख । पुराना तथा भूकम्पले क्षति पुगेका भवनको ठाउँमा नयाँ कारागार भवनको निर्माण हुने भएको छ । कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो ।
कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागेको हो ।
विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेकोबताए । उनले भने, “अहिले १० हजार कैदीबन्दी क्षमता भएको कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी छन् । यी भवन निर्माण भएपछि केही भए पनि सहज हुने विश्वास हामीले लिएका छौँ ।”
भवन निर्माण विभागको सहयोगमा सर्लाही, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेख, बझाङ र डडेलधुरा जिल्लामा कारागार भवन निर्माण हुँदैछ ।
यसैगरी भूकम्प पुनःनिर्माण प्राधिकरणको सहयोगमा सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, जगन्नाथदेवल, नख्खु, गोरखा, लमजुङ र धादिङको महिला कारागार भवन निर्माण हुन लागेको विभागले जनाएको छ ।
हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेको छ भने बारा र धनुषामा हालसम्म पनि कारागार छैन । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











