सोह्र दलले चुनाव चिह्न पाए
दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् ।
त्यस्तै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिह्न पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभएको छ । अन्य दलले चुनाव चिह्न नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ । प्रदेश नं ५ मा दाङ पर्ने हुँदा यहाँ जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
यसअघि यहाँ पनि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएको हुँदा त्यहीअनुरुप तयारी गरिएको थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिअनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












