विमानस्थल विस्तारमा नौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको रुचि
काठमाडौ, १५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन् । स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको छ ।
फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गर्न सक्ने गरी तीन तहका कामका लागि वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र गआह्वान गरेको थियो। प्राधिकरणले गरेको आह्वानमा १ नम्बर अन्तर्गतको रन वे विस्तारका लागि १९ वटा कम्पनीले आवेदन फारम लगेता पनि पाँचवटा कम्पनीले मात्रै प्रस्ताव पेस गरेको उनले जानकारी दिए ।
रन वे विस्तारका लागि चाइना रेल वे, सांघाइ कस्ट्रक्सन, कालिक टुन्डी जेभी, सांघी कस्ट्रक्सन र स्टारपाग इन्टरनेसनले मात्रै टेन्डर दाखिला गरेको हुन् । १ नम्बर समूह अन्र्तगतको कामका लागि प्राधिकरणले ५।८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।
यसैगरी दुई नम्बर अन्र्तगतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिए ।
यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन् । २ नम्बर अन्र्तगतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो ।
यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उनले जानकारी दिए । टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए । ३ नम्बर अन्र्तगतको कामका लागि भने १।८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो । अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ ।
१ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ । अबको १५ दिन भित्रै नै फानल हुने श्रेष्ठले जानकारी दिए । प्राधिकरणले टेन्डर फारम लिँदा रकम र्फिता नहुने गरी १ र २ नम्बरका लागि २२ हजार ६ सय रुपैयाँ र तीन नम्बरका लागि ११ हजा तीन सय रुपैयाँ लिएको थियो ।
विमानस्थल विस्तारका लागि प्रस्ताव पेस गर्ने सांघाई कन्स्ट्रक्सनले भने अहिले कंलकी–कोटेश्वर खण्डको १० किलो मिटर सडक आठ लेन बनाउने काम गरिरहेको छ । साञ्जोसेले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले मंसिर २४ सम्झौता रद्द गरेको थियो ।
सम्झौता रद्द गरे पनि प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम एउटै समूहमा एउटै कम्पनीले मात्र गर्ने नसक्ने ठहर गर्दै काममो वर्गीकरण गरेर टेन्डर गरेको थियो । साञ्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो । तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको हो । साञ्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












