चार हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाटै गायब हुन्छ
काठमाडौं, १६ वैशाख । राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको छ। आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ।
राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ। मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो। पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ।
आयल निगमका निर्देशक दीपक बरालले निगमबाट पम्पलाई कम तेल वितरण हुने गरेको गुनासो बढ्दै गएपछि कालिमाटीस्थित माली आयल स्टोर्समा मंगलबार परीक्षण गरिएको बताए। ‘निगमको थानकोट डिपोबाट ट्यांकर लोड गरी माली आयल स्टोर्समा १२ हजार लिटर पेट्रोल लगिएको थियो,’ उनले भने, ‘त्यसमध्ये एउटा च्याम्बरमा रहेको ४ हजार लिटर पेट्रोलपम्पमा खन्याएर पुनः सोही इन्धन ट्यांकरमा हाल्दा ९९ लिटर कम वितरण भएको देखिएको छ।’
उपत्यकाका अधिकांश पम्पले निगमबाट कम इन्धन आएको गुनासो गरेकाले गुणस्तर तथा नापतौल विभागले सबै पम्पको इन्धन प्राप्ति र वितरण अवस्थाको अनुगमन गर्ने जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सबै पम्पको अनुगमन गरी यथार्थ पत्ता लगाउने बताए।
व्यवसायीले राजधानीका अधिकांश पम्पले निगमले कम तेल दिने गरेको गुनासो बारम्बार दोहोर्याएपछि आयल निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको प्रतिनिधि सम्मिलित भएर मंगलबार दिउँसो माली आयलमा परीक्षण गरेका थिए। थानकोटबाट पेट्रोल बोकेर आएको १२ हजार लिटरको ट्यांकरबाट ४ हजार लिटर अटाउने एक च्याम्बरको पेट्रोल उक्त पम्पको अन्डरग्राउन्ड ट्यांकीमा खसालियो। ट्यांकरको पेट्रोल खन्याउनुअघि पम्पको ट्यांकी खाली गरिएको निगमका निर्देशक दीपक बरालले बताए।
च्याम्बरमा रहेको ४ हजार लिटर ट्यांकीमा खसाएपछि डिस्पेन्सिङ पम्पमा रहेको नोजल ९सवारीसाधनमा इन्धन हाल्ने मेसिन०को सहायतामा पुनः उक्त पेट्रोल ट्यांकरमै हालियो। तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै पेट्रोल ट्यांकरमा गएको देखियो। पम्पबाटै ९९ लिटर कम तेल बाहिर आएपछि ट्यांकरको च्याम्बरको क्यालिब्रेसन गर्न गुणस्तर विभागको प्राविधिक टोली आयो। गुणस्तरको टोलीले च्याम्बरमा ४ हजार लिटरमा १२ लिटर कम अर्थात् ३ हजार ९ सय ८८ लिटर तेल रहेको पुष्टि गर्यो। गुणस्तरको रिपोर्टअनुसार अन्डरग्राउन्ड ट्यांकीमा ३ हजार ९ सय ८८ लिटर तेल खसेको थियो। तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गर्दा पम्पबाटै ८७ लिटर गायब भएको देखिन्छ।
अन्डरग्राउन्डको ट्यांकीमा कुनै खराबी आएर इन्धन चुहावट हुन सक्ने आँकलन गरिएको छ। मंगलबार माली आयलमा ट्यांकरबाट २५ मिनेटमा ट्यांकीमा तेल खसालिएको थियो भने ट्यांकीबाट नोजलको सहायताले पुनः ट्यांकरमा तेल हाल्न २ घन्टा ३० मिनेट लागेको थियो। छोटो अवधिमा ८७ लिटर तेल चुहावट भयो भन्ने मुस्किल छ।यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












