चार हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाटै गायब हुन्छ
काठमाडौं, १६ वैशाख । राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको छ। आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ।
राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ। मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो। पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ।
आयल निगमका निर्देशक दीपक बरालले निगमबाट पम्पलाई कम तेल वितरण हुने गरेको गुनासो बढ्दै गएपछि कालिमाटीस्थित माली आयल स्टोर्समा मंगलबार परीक्षण गरिएको बताए। ‘निगमको थानकोट डिपोबाट ट्यांकर लोड गरी माली आयल स्टोर्समा १२ हजार लिटर पेट्रोल लगिएको थियो,’ उनले भने, ‘त्यसमध्ये एउटा च्याम्बरमा रहेको ४ हजार लिटर पेट्रोलपम्पमा खन्याएर पुनः सोही इन्धन ट्यांकरमा हाल्दा ९९ लिटर कम वितरण भएको देखिएको छ।’
उपत्यकाका अधिकांश पम्पले निगमबाट कम इन्धन आएको गुनासो गरेकाले गुणस्तर तथा नापतौल विभागले सबै पम्पको इन्धन प्राप्ति र वितरण अवस्थाको अनुगमन गर्ने जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सबै पम्पको अनुगमन गरी यथार्थ पत्ता लगाउने बताए।
व्यवसायीले राजधानीका अधिकांश पम्पले निगमले कम तेल दिने गरेको गुनासो बारम्बार दोहोर्याएपछि आयल निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको प्रतिनिधि सम्मिलित भएर मंगलबार दिउँसो माली आयलमा परीक्षण गरेका थिए। थानकोटबाट पेट्रोल बोकेर आएको १२ हजार लिटरको ट्यांकरबाट ४ हजार लिटर अटाउने एक च्याम्बरको पेट्रोल उक्त पम्पको अन्डरग्राउन्ड ट्यांकीमा खसालियो। ट्यांकरको पेट्रोल खन्याउनुअघि पम्पको ट्यांकी खाली गरिएको निगमका निर्देशक दीपक बरालले बताए।
च्याम्बरमा रहेको ४ हजार लिटर ट्यांकीमा खसाएपछि डिस्पेन्सिङ पम्पमा रहेको नोजल ९सवारीसाधनमा इन्धन हाल्ने मेसिन०को सहायतामा पुनः उक्त पेट्रोल ट्यांकरमै हालियो। तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै पेट्रोल ट्यांकरमा गएको देखियो। पम्पबाटै ९९ लिटर कम तेल बाहिर आएपछि ट्यांकरको च्याम्बरको क्यालिब्रेसन गर्न गुणस्तर विभागको प्राविधिक टोली आयो। गुणस्तरको टोलीले च्याम्बरमा ४ हजार लिटरमा १२ लिटर कम अर्थात् ३ हजार ९ सय ८८ लिटर तेल रहेको पुष्टि गर्यो। गुणस्तरको रिपोर्टअनुसार अन्डरग्राउन्ड ट्यांकीमा ३ हजार ९ सय ८८ लिटर तेल खसेको थियो। तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गर्दा पम्पबाटै ८७ लिटर गायब भएको देखिन्छ।
अन्डरग्राउन्डको ट्यांकीमा कुनै खराबी आएर इन्धन चुहावट हुन सक्ने आँकलन गरिएको छ। मंगलबार माली आयलमा ट्यांकरबाट २५ मिनेटमा ट्यांकीमा तेल खसालिएको थियो भने ट्यांकीबाट नोजलको सहायताले पुनः ट्यांकरमा तेल हाल्न २ घन्टा ३० मिनेट लागेको थियो। छोटो अवधिमा ८७ लिटर तेल चुहावट भयो भन्ने मुस्किल छ।यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












