देशका विभिन्न ठाउँमा भीषण आगलागी
लहान, १७ वैशाख । सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ ।
नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले अन्य क्षेत्रको आगलागी नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो ।
आगलागीका कारण चुरे क्षेत्रमा रहेका जङ्गली जनावर तराईतर्फका वन र बस्तीमा जान थालेकाले चोरी, सिकार हुने प्रबल सम्भावना बढेको सल्लेरी सामुदायिक वनका अध्यक्ष मोहन ऐरले बताउनुभयो । आगलागी नियन्त्रणका लागि वन कार्यालयको टोली भने त्यसतर्फ पुग्न सकेको छैन । रासस
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












