विमानस्थलमा भीआइपीलाई अनिवार्य चेकिङ गर्न अनुगमन समितिको निर्देशन
काठमाडौ, १८ बैशाख । संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था मिलाउन सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सम्वन्धी अध्ययन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ठूलो परिणाममा सुन भित्रिएको र डलर बाहरिएको खुलासा भएपछि त्यहाँको सुरक्षा ब्यवस्थाबारे अध्ययन गरिएको थियो ।
समितिले विमानस्थल हँदै गरिने अवैध कारोबारमा भीआइपी प्यासेन्जरको पनि संलग्न हुन सक्ने भन्दै उनीहरुको पनि सुरक्षा जाँच गर्ने ब्यवस्था गर्न भनेको हो ।
केही हप्ताअघि नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन नै अवैध डलरसहित पक्राउ परेका थिए । उपसमितिले भिआइपी प्यासेन्जरलाई पूर्ण विश्वास गरी चेकिङ नगर्दा त्यस्तै अवैध सामान भित्रिन र बाहरिन सक्ने खतरा औंल्याएको छ ।
यस्तै उपसमितिले विमानस्थलभित्रको सीसी टिभी क्यामेराको संख्या र क्षमता बढाउन पनि सुझाव दिएको छ । यस्तै विमानस्थलमा प्यासेन्जरको बिस्तृत सुचना राख्ने सफ्टवेयर प्रयोग गर्न सुझाव दिएको छ ।
उपसमितिले अवैध सुन तथा अन्य त्यस्ता वस्तु बाहिरिने विभिन्न सम्भावित बाटोहरु औंल्याएको छ । उपसमितिले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक टर्मिनल क्षेत्र बीचको खुल्ला बाटो बन्द गर्न सिफारिस गरेको छ ।
यस्तै व्यागेज बेल्टका एक्स नगरी लगेज राख्न मिल्ने प्वालहरु अविलम्ब वन्द गर्न सिफारिस गरेको छ ।
उपसमितिले व्यागेज होलदेखि व्यागेज बेल्टसम्म व्यागेज ल्याउँदा वन्द कन्टेनरमा ओसार गर्न सुझाएको छ । यस्तै एक्सरे भइसकेका ब्यागेजलाई पनि पुन एक्सरे गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।
यस्तै उपसमितिले लोडरहरु करारमा नियुक्त गर्ने प्रावधान नराख्न पनि सुझाव दिएको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












