पत्रकार न्यौपानेको पुस्तक कर्ममाथि विशेष परिचर्चा : कसले के भने ?
काठमाडौं । पत्रकार दामोदर न्यौपानेको दोस्रो पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडलमा केन्द्रित भएर बाल क्बल संजाल काठमाडौंले ‘कर्मसंग बालबालिका’ विषयमा बालमैत्री अन्र्तक्रिया आयोजना गरेको छ । जिल्ला बालक्लब संजालको आयोजनामा महेन्द्र राष्ट्रिय माविमा भएको कार्यक्रममा पुस्तकमा केन्द्रित रहेर बहस गरिएको थियो ।
कार्यक्रममा बालक्कबल संजाल काठमाडौंका सल्लाहकार सिलवालले किताबमा समेटिएका विषयवस्तु मन छुने रहेको प्रतिक्रिया दिए । ‘यसमा भएका केही सफलताको कथाले केही गर्न प्रेरणा दिन्छ,’ सिलवालले भने, ‘अपांगता भएकाले त केही गरेका छन् भने हामी किन गर्न सक्दैनौं भनेर उत्साह दिन्छन् ।’
बालअधिकारकर्मी पवित्रा भट्टराइले किताबका हरेक च्याप्टर पढ्दा म आफैं पात्र हुँ की जस्तो अनुभूति भएको प्रतिक्रिया दिइन् । ‘किताब पढ्दा म पनि त्यही छु जस्तो लाग्छ,’ उनले सुनाइन्, ‘लेखाइ लोभ लाग्दो छ । म पनि न्यौपाने जस्तै लेखक बन्ने लक्ष्य छ ।’ पुस्तकका पात्र तथा व्यवहारिक शिक्षा कसरी दिलाउने भनेर कर्मले घचघचाउने प्रतिक्रिया दिए ।
साहित्यकार श्रीराम राइले कर्म आवाज विहिनहरुको आवाज भएको प्रतिक्रिया दिए ।, बालअधिकारकर्मी पवित्रा भट्टराई, पुस्तकका पात्र परशुराम शिवाकोटी युना सापकोटा लगायतले पुस्तक बालमैत्री समाज स्थापना गर्न झकझकाउने खालको भएको बताए ।

त्यसै अवसरमा पुस्तकका पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडल र पत्रकारीता मार्फत बालबालिकाको विषय प्रभावकारी रुपमा उठाएको भन्दै कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेलाई सम्मान पनि गरिएको थियो ।
बालक्लब संजाल काठमाडौंले लेखक न्यौपानेलाई बालक्लब संजाल काठमार्डौंका अध्यक्ष राजाराम बस्नेत र क्लबका स्वयम्सेवी सहजकर्ता प्रविण सिलवालले न्यौपानेलाई संयुक्त रुपमा सम्मान हस्तान्तरण गरे । ‘मुलुकका विभिन्न भेगमा पुगेर आफूले देखे भोगेका कुरालाई कर्म पुस्तकमा समटेर बालअधिकार संवद्र्धन गर्न यहा“ले झकझकाउनु भएकोमा हामी ज्यादै उत्साहि छौं,’ सम्मान पत्रमा भनिएको छ,’ ‘कर्म बालबालिकाको क्षेत्रमा प्रभावकारी नतिजा ल्याउने दस्तावेज हो । यस्तो दस्तावेज ल्याउनु भएकोमा हामीलाई गर्व लागेको छ ।’ न्यौपानेको यो दोस्रो पुस्तक हो । शिक्षा, सिकाइ, बालबालिका लगायत क्षेत्रमा अध्ययन गरेर यो पुस्तक लेखिएको हो । उनको पुस्तक भर्खरै दोस्रो संस्करण बजारमा आएको छ । उनले यसअघि शसस्त्र युद्धका विषय समेटेर एम्बुसमा ६ वर्ष लेखेका थिए । उनको किताबको पहिलो संस्करण गत असोजमा आएको हो । दोस्रो संस्करण भने गत महिना बजारमा आएको थियो ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B8/
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9/
http://news-nepal.com/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A4%BE%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%B0-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87/
http://news-nepal.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A5%E0%A4%AE-%E0%A4%AC%E0%A4%BE%E0%A4%B2-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0/
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












