अधिकारको प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक
पोखरा, १८ वैशाख । विश्व मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अधिकारको प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक भएकामा जोड दिइएको छ ।
आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको सुनिश्चितताका लागि १२८ वर्षअघि अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनलाई आधार मानी विश्व मजदुर दिवस मनाउन थालिए पनि अझै मजदुरहरू हक तथा अधिकारबाट वञ्चित भएको कार्यक्रमका वक्ताले बताए ।
अन्तक्र्रियामा नेपाल टे«ड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्माले नेपालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको २००४ सालको मजदुर आन्दोलनपछि मात्र मजदुरका हक तथा अधिकारका विषय राज्यको प्राथमिकतामा पर्न थालेको जानकारी दिनुभयो ।
मजदुरका हक तथा अधिकारलाई सुनिश्चित गराउन अझै पनि धेरै काम बाँकी रहेको बताउँदै उहाँले त्यसका लागि देशका सम्पूर्ण मजदुर एकाकार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल टे«ड युनियन काँग्रेस कास्कीकी अध्यक्ष कुलदेवी बरालले नेपालमा अझै पनि श्रम र पसिना बगाउने मजदुरले आफ्नो मजदुरीबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनीहरूले जीवन निर्वाहको सुनिश्चितताका साथै हक तथा अधिकारको प्राप्तिमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ले मजदुरका हक हितका विषय पटक पटक उठ्ने गरे पनि व्यावहारिकतामा अझै कार्यान्वयन हुन नसकेको वास्तविकतामा सम्पूर्ण मजदुर एकजुट बन्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस कास्कीका उपाध्यक्षद्वय घनश्याम रेग्मी र कमलबहादुर सापकोटा, सचिव केशवराज भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य चिनु गुरुङ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ प्रदेश नं ४ का संयोजक रामकुमार श्रेष्ठ, नेपाल यातायात मजदुर सङ्घ प्रदेश नं ४ का अध्यक्ष किरणबाबु पन्त, नेपाल ट्रेड युनियन काँग्रेसका महाधिवेशन प्रतिनिधि सुवास पौडेललगायतले अधिकारको प्राप्ति र कार्यान्वयनका लागि सबै मजदुर एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












