न्यायालयलाई व्यवस्थित बनाउँछु : गोपाल पराजुली, कामु प्रधानन्यायाधीश

२०४८ साल कात्तिक १८ गते पुनरावदेन अदालत, पाटनको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका गोपाल पराजुली हालै कायममुकायम प्रधानन्यायाधीश नियुक्त भएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि सर्वाेच्चका वरिष्ठतम न्यायाधीशका हैसियतमा उनले यो जिम्मेवारी पाएका हुन् । बुबा एकदेव पराजुली र आमा नन्दकुमारी पराजुलीका ६ जना छोरामध्येका काइँलो गोपाल २०१० साल वैशाख १६ गते काहुशिवपुर–६ तनहुँमा जन्मेका हुन् । १० वर्षको उमेरमा पिताको र २० वर्षको उमेरमा माताको निधन भएको थियो उनको । विद्यार्थी कालमा अत्यन्तै मेधावी छात्र पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्म अध्ययन गरेका हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रुपमा उनले २७ मे सन् २०१४ बाट जिम्मेवारी सम्हाल्दै आएका थिए । न्यायसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध उनी तालिमको सिलसिलामा जर्मनी, लक्जेम्बर्ग, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, भारत, अमेरिका, कोरियालगायत मुलुक पुगेका छन् ।
कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध चिसिएका बेला सर्वाेच्च न्यायिक निकायको नेतृत्व सम्हाल्ने मौका पाएका पराजुलीसँग न्युज-नेपालका सम्पादक सजिब कालाखेतीले गर्नुभएको छोटो कुराकानी :
इजलासमा रहेको अवस्थामा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भयो र तपार्इंले कायममुकायमको जिम्मेवारी पाउनुभएको छ, यस घटनालाई कसरी लिनुभएको छ ?
न्यायालयका लागि यो दुःखद घटना हो । न्यायिक इतिहासमा यस्तो कार्य नहुनुपथ्र्यो तर संसद्ले के ग¥यो, यो विषयमा मैले बोल्न मिल्दैन । त्यसपछि मलाई जुन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्राप्त भएको छ, यसलाई म संविधान र कानुुनले दिएको अधिकार सम्झी निष्पक्ष र प्रभावकारी रुपमा पूरा गर्नेछु ।
प्रधानन्यायाधीश कार्कीलाई व्यक्तिगत आचरणबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरकफरक व्यवहार गर्ने र गुटबन्दी गर्ने गरेको आरोप लागेको छ नि ?
म न्यायालयमा गुटबन्दी गर्नुहुँदैन , सिनियरको तेजोवध हुने गरी कनिष्टको व्यवस्थापन गर्दिनँ र न्यायालयलाई अरु व्यवस्थित, परिष्कृत र परिमार्जित गर्दै लानेछु ।
न्यायालय प्रविधिमैत्री छैन भनिन्छ नि ?
हो, जति प्रविधिमैत्री हुनुपर्ने हो, त्यो हुुन सकेको छैन । न्यायालयले गरेका फैसला हेर्नुभयो भने अन्तर्राष्ट्रिय स्तरका छन् । तर, त्यो कुरा हामीले विश्वलाई देखाउन सकेका छैनौं । खाली अरुको हेछौं, हाम्रा फैसलाहरु उत्कृष्ट हुँदाहुँदै प्रविधिकै कारण अरुलाई देखाउन सकेका छैनौं । प्रविधिमैत्री बनाउनेमा मेरो पहल रहनेछ । अर्को कुरा, तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्नेतर्फ मेरो ध्यान जानेछ । मैले असहज परिस्थितिमा पद सम्हालेको छु । यो बीचमा न्यायालय अझ निर्भीक र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने प्रयास गर्नेछु । न्यायमा सबैको पहुँच पुग्नेछ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












