मानव बेचबिखनविरुद्ध सुझाव सङ्कलन सुरु
काठमाडौँ, २१ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा मानव बेचबिखन कार्य न्यूनीकरण गर्न समाजका विभिन्न तह तथा क्षेत्रका प्रतिनिधिसँग बुधबारदेखि सुझाव सङ्कलन सुरु गरेको छ ।
देशका विभिन्न क्षेत्रमा मानव बेचबिखनको अवस्था नजानिँदो तरिकाले वृद्धि हुन थालेपछि आयोगले यस क्षेत्रमा सुझाव सङ्कलन गर्न थालेको छ । करिब एक महिनाको अवधिसम्म जारी रहने उक्त कार्यक्रममा प्रशासक तथा वकिलसँग पनि परामर्श लिइनेछ ।
बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका प्रवक्ता मोहना अन्सारीले विभिन्न सञ्चारमाध्यममा नयाँ तरिकाले मानव बेचबिखनमा देखिएको जोखिमका समाचारले त्यहाँ भएका कमजोरीलाई समेटेर प्रतिवेदन बनाउने र नीतिनिर्माणमा सहयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो ।
विज्ञ प्रा डा गोविन्द सुवेदीले मनोरञ्जन क्षेत्र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयअन्तर्गत मानव बेचबिखनविरुद्धको राष्ट्रिय समिति तथा जिल्ला समितिको निष्क्रियता देखिएको बताउँदै सरकारले श्रमका लागि विदेश जाने कामदारको सुरक्षाका लागि विभिन्न सात मुलुकमा सम्झौता गरेको भए पनि त्यहाँ अनुगमन हुन नसकेको बताउनुभयो ।
दिगो विकासका लागि सञ्चार क्षेत्रको परिचालन नामक संस्थाका अध्यक्ष रुपा शर्मा (नेहा), जनअधिकार मञ्चका अध्यक्ष शतिश शर्मा, सामाजिक रुपान्तरणका लागि युवा नेपालका संयोजक भिक्ट्री थापा, विश्वास नेपालका अध्यक्ष तारा भण्डारीलगायतले वैदेशिक रोजगारीका नाममा जाने श्रमिक बेचबिखनको जोखिममा रहेको बताउँदै मनोरञ्जन क्षेत्रमा कार्यरत ससाना बालबालिका पनि बेचबिखनमा परेकाले उनीहरुको मानवअधिकार संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...













