जनकपुरमा आज जानकी नवमीको रौनक
महेन्द्रनगर (धनुषा), २१ वैशाख । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत्जननी माता जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ । यस वर्ष जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र वेशभूषालाई उजागर गर्न जानकी जन्म महोत्सव धुमधामसँग आयोजना गरिएको छ ।
जानकी नवमीको अवसरमा जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ भने यस अवसरमा ठूलो मेलाको आयोजना गरिएको छ । साथै ‘जानकी नवमी’का अवसरमा आज मिथिलाञ्चलमा दीपावली मनाइने कार्यक्रमसमेत तय गरिएको छ ।
त्यसैगरी, जानकी नवमीको पूर्वसन्ध्यामा बुधबार जानकी मन्दिरमा जानकी विशेष आरतीसमेत गरिएको छ । साँझ ६ बजेदेखि जानकी मन्दिरमा जानकी विशेष आरती गरिएको सेभ हिस्टोरिकल प्लेस जनकपुरका संयोजक रामआशिष यादवले जानकारी दिनुभएको छ । यादवका अनुसार आज पनि अत्यन्तै भव्यता र धुमधामका साथ विशेष सन्ध्या आरती गरिने जनाइएको छ । यस्तो विशेष आरती गत दुई वर्षदेखि जनकपुरको गङ्गा सागरमा ‘गङ्गा आरती’ सेभ हिस्टोरिकल प्लेसको अगुवाइमा गरिँदै आएको छ ।
साथै, जानकी नवमीको शुभ अवसरमा आज बिहान जानकी मन्दिरको प्राङ्गणमा रामजानकी झाँकी ऐतिहासिक नदी दूधमतीका लागि प्रस्थान गरेको छ । दूधमती नदीमा जानकी मन्दिरको मूर्तिलाई स्नान गराउने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
स्नानपश्चात् जानकी मन्दिरको मूर्तिलाई दूधमती नदीमै दुग्धाभिषेक कार्यक्रम गरिनेसमेत जनाइएको छ । मूर्ति दुग्धाभिषेक गरिएपछि बाजागाजाका साथ पुनः मूर्तिलाई जानकी मन्दिरमा विधिवत्रुपमा राखिने भएको छ ।
सो अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा निकालिनेछ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा निकालिने सो शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त, जनकपुरमा रहेका विभिन्न कार्यालयका प्रमुख तथा स्थानीयवासीको सहभागिता रहनेछ ।
आजै राति जानकी मन्दिरमा सङ्गीतमय आरती गरिने कार्यक्रम पनि राखिएको छ । सङ्गीतमय आरतीको संयोजन सेभ हिस्टोरिकल जनकपुरले गरेको छ । जनकपुरमा जानकी नवमी, रामनवमी, झुला, विवाह पञ्चमी, राजदेवी पूजा तथा परिक्रमा विशेष उत्सवका साथ मनाउने गरिन्छ । रासस
Comments
अरु समाचार
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...












