काँग्रस काठमाडौँ, महानगरको घोषणापत्र सार्वजनिक : मेट्रो रेलदेखि निःशुल्क वाइफाइसम्म
काठमाडौँ, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो ।
सबै महानगरवासीको इच्छा ‘शिक्षा, स्वास्थ्य र सुरक्षा’ तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य मुद्दा अगाडि सारेको छ ।
विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमुदायलाई संलग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यका साथै सोको अनुगमनसमेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनैपिच्छे नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ यसलाई मर्न दिन हुँदैन ।”
नेता सिंह काँग्रेसले राजनीतिक रुपमा परीक्षण भइसकेको व्यक्तिलाई उम्मेदवार दिएको बताउँदै महानगरको विकासका लागि प्रमुखका उम्मेदवार राजुराज जोशी योग्य उम्मेदवार भएको दाबी गर्नुहुन्छ ।
काठमाडौँ महानगर काँग्रेसले ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो, मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।”
यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदीबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौलिक परम्परा, घरेलु सिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।”
काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ती शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रुपमा विद्युत् उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ ।
विभिन्न पर्यटकीय स्थानमा महानगरीय पर्यटक सूचना केन्द्र स्थापना गर्ने, सडक मार्ग गल्लीको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोबाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यावसायिक स्थलको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्दालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












