काँग्रस काठमाडौँ, महानगरको घोषणापत्र सार्वजनिक : मेट्रो रेलदेखि निःशुल्क वाइफाइसम्म
काठमाडौँ, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो ।
सबै महानगरवासीको इच्छा ‘शिक्षा, स्वास्थ्य र सुरक्षा’ तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य मुद्दा अगाडि सारेको छ ।
विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमुदायलाई संलग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यका साथै सोको अनुगमनसमेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनैपिच्छे नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ यसलाई मर्न दिन हुँदैन ।”
नेता सिंह काँग्रेसले राजनीतिक रुपमा परीक्षण भइसकेको व्यक्तिलाई उम्मेदवार दिएको बताउँदै महानगरको विकासका लागि प्रमुखका उम्मेदवार राजुराज जोशी योग्य उम्मेदवार भएको दाबी गर्नुहुन्छ ।
काठमाडौँ महानगर काँग्रेसले ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो, मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।”
यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदीबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौलिक परम्परा, घरेलु सिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।”
काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ती शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रुपमा विद्युत् उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ ।
विभिन्न पर्यटकीय स्थानमा महानगरीय पर्यटक सूचना केन्द्र स्थापना गर्ने, सडक मार्ग गल्लीको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोबाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यावसायिक स्थलको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्दालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












