स्थानीय निर्वाचनले महिलामा उत्साह जगाए पनि उपप्रमुख र उपाध्यक्षमै सीमित
काठमाडौँ, २५ वैशाख । दोलखाका भीमेश्वर नगरपालिकाका उपपम्खका उम्मेदवार कमला बस्नेत निर्वाचन जित्नेमा निकै आशावादी हुनुहुन्छ ।“नगरमा पार्टीमा माहोल राम्रो छ, पार्टीले विश्वास गरेर टिकट दिएको छ, म निर्वाचन जित्छु” – चुनावी अभियानमा निकै उत्साहका साथ लाग्नुभएका बस्नेतले भन्नुभयो । दुई दशकभन्दा अघिदेखि राजनीतिमा क्रियाशील बस्नेतलाई निर्वाचन जित्छु भन्ने लागेको छ ।
बस्नेतजस्तै निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गर्नुभएका मीरा कुँवर पनि । दुई दशकदेखि सक्रिय रुपमा राजीतिक तथा सामाजिक क्षेत्रमा लाग्नुभएका मीरालाई चुनाव जित्छु भन्ने विश्वास जागेको छ ।
“महिला उत्थानका निम्ति मैले त्यो नगरपालिकामा निकै मेहनत गरेर काम गरेको छु, महिलाको राम्रो सहयोग छ, म चुनाव जित्छु” – दृढ भएर उहाँले भन्नुभयो ।
निकै लामो समय अर्थात १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ–गाउँमा मात्र हैन सहरमा पनि महिलाहरु निर्वाचनमा उठ्न र जित्न निकै उत्साहित देखिएका छन । विवेकशील नेपाली दलबाट २१ वर्षीया रञ्जु दर्शनाको काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी परेको छ । “काठमाडौँ शहरलाई धुलो धुवाँमुक्त सुन्दर शहर बनाउनका लागि मेरो उम्मेदवारी हो” – दर्शनाको भन्नुहुन्छ । बस्नेत, पाठक, कुँवर र दर्शनाजस्तै धेरै महिला चुनावमा उठेका छन । निर्वाचन जित्छु भन्ने विश्वास पनि उहाँहरुमा त्यतिकै देखिन्छ ।
यही वैशाख ३१ हुने निर्वाचनमा दलहरुबीचको चुनावी गठबन्धनको सिकार महिला नै भएका छन् । उदाहरणको रुपमा काठमाडौँ महानगरलाई नै हेर्न सकिन्छ । नेकपा एमाले र राप्रपाबीचको गठबन्धनमा महिला प्रमुख वा उपप्रमुख दुवैको टिकट पाउनबाट वञ्चित भए । त्यस्तो अवस्था अन्य धेरै ठाउँमा पनि देखिएका छन् ।
शीर्ष दलदेखि धेरै पार्टीले पुरुषलाई नै प्रमुख वा अध्यक्षको उम्मेदवार बनाएका छन् । नगर प्रमुख वा गाउँपालिका अध्यक्ष बनेर नेतृत्व दिनसक्ने क्षमता पुरुपमा जस्तै महिलामा पनि छ । तर महिलालाई उपप्रमुख वा उपाध्यक्षमा सीमित बनाएको देखिँदैछ । पार्टीबीच गठबन्धन भएको स्थानमा महिलालाई प्राथमिकतामा पारिएको छैन ।
पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेको भरतपुर नगरपालिकाको प्रमुख पदका लागि नेकपा (माओवादी केन्द्र) बाट रेणु दाहालले टिकट पाउनुभएको छ । अन्य महानगरपालिकामा प्रमुख ठूला दलका पुरुषबाटै प्रमुखमा उम्मेदवारी दिन लगाइएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज सावित्री भुसालले भन्नुभयो, “स्थानीय तह नेतृत्व विकास गर्ने पहिलो स्थान भएकाले जतिसक्दो धेरै महिलालाई उठाउने सोच पार्टीको भएपनि गठबन्धन गर्दा कतिपय महिला नै उम्मेदवार बन्ने अवसरबाट वञ्चित हुनपरेको छ । स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत हुनुपर्ने प्रावधानले गर्दा महिलाहरु अधिक महिला यस पटक चुनावी मैदानमा देखिएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का शशी श्रेष्ठले भन्नुभयो, “महिला इमान्दार हुन्छन् । अवसर र जिम्मेवारी पाएको खण्डमा महिलाले मुलुकको विकास निर्माणमा ठूलो योगदान पु¥याउन सक्छन् । त्यसका लागि पनि महिलाको उम्मेदवारी बढी नै जरुरी छ ।”
नेपाली काँग्रेस नेपाल महिला सङ्घका महासचिव नेत्री धना खतिवडाले महिलाहरु निकै आँटिलो भएर जोश जाँगरका साथ निर्वाचनमा होमिएकाले उनीहरुलाई जिताउन सबै महिला एक हुनुपर्ने बताउनुहुन्छ ।”
महिला पुरुष सरह उन्मुक्त भएर चुनाव प्रचारमा लाग्न सक्दैनन् । महिलाको जिम्मेवारी घरभित्र पनि उत्तिकै हुन्छ । चाहे जति पैसा खर्च गर्ने हैसियत पनि उनीहरु राख्दैनन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार पहिलो चरणमा ३४ जिल्लाको चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका, १८३ गाउँपालिका गरी २८३ स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । कुल १५ हजार ९३७ वडा सदस्यमध्ये महिला सदस्य सातहजार ९३६ र दलित महिला सदस्य छ हजार ५८९ ले मनोनयन दर्ता गराएका छन् । रासस
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












