स्थानीय निर्वाचनले महिलामा उत्साह जगाए पनि उपप्रमुख र उपाध्यक्षमै सीमित
काठमाडौँ, २५ वैशाख । दोलखाका भीमेश्वर नगरपालिकाका उपपम्खका उम्मेदवार कमला बस्नेत निर्वाचन जित्नेमा निकै आशावादी हुनुहुन्छ ।“नगरमा पार्टीमा माहोल राम्रो छ, पार्टीले विश्वास गरेर टिकट दिएको छ, म निर्वाचन जित्छु” – चुनावी अभियानमा निकै उत्साहका साथ लाग्नुभएका बस्नेतले भन्नुभयो । दुई दशकभन्दा अघिदेखि राजनीतिमा क्रियाशील बस्नेतलाई निर्वाचन जित्छु भन्ने लागेको छ ।
बस्नेतजस्तै निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गर्नुभएका मीरा कुँवर पनि । दुई दशकदेखि सक्रिय रुपमा राजीतिक तथा सामाजिक क्षेत्रमा लाग्नुभएका मीरालाई चुनाव जित्छु भन्ने विश्वास जागेको छ ।
“महिला उत्थानका निम्ति मैले त्यो नगरपालिकामा निकै मेहनत गरेर काम गरेको छु, महिलाको राम्रो सहयोग छ, म चुनाव जित्छु” – दृढ भएर उहाँले भन्नुभयो ।
निकै लामो समय अर्थात १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ–गाउँमा मात्र हैन सहरमा पनि महिलाहरु निर्वाचनमा उठ्न र जित्न निकै उत्साहित देखिएका छन । विवेकशील नेपाली दलबाट २१ वर्षीया रञ्जु दर्शनाको काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी परेको छ । “काठमाडौँ शहरलाई धुलो धुवाँमुक्त सुन्दर शहर बनाउनका लागि मेरो उम्मेदवारी हो” – दर्शनाको भन्नुहुन्छ । बस्नेत, पाठक, कुँवर र दर्शनाजस्तै धेरै महिला चुनावमा उठेका छन । निर्वाचन जित्छु भन्ने विश्वास पनि उहाँहरुमा त्यतिकै देखिन्छ ।
यही वैशाख ३१ हुने निर्वाचनमा दलहरुबीचको चुनावी गठबन्धनको सिकार महिला नै भएका छन् । उदाहरणको रुपमा काठमाडौँ महानगरलाई नै हेर्न सकिन्छ । नेकपा एमाले र राप्रपाबीचको गठबन्धनमा महिला प्रमुख वा उपप्रमुख दुवैको टिकट पाउनबाट वञ्चित भए । त्यस्तो अवस्था अन्य धेरै ठाउँमा पनि देखिएका छन् ।
शीर्ष दलदेखि धेरै पार्टीले पुरुषलाई नै प्रमुख वा अध्यक्षको उम्मेदवार बनाएका छन् । नगर प्रमुख वा गाउँपालिका अध्यक्ष बनेर नेतृत्व दिनसक्ने क्षमता पुरुपमा जस्तै महिलामा पनि छ । तर महिलालाई उपप्रमुख वा उपाध्यक्षमा सीमित बनाएको देखिँदैछ । पार्टीबीच गठबन्धन भएको स्थानमा महिलालाई प्राथमिकतामा पारिएको छैन ।
पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेको भरतपुर नगरपालिकाको प्रमुख पदका लागि नेकपा (माओवादी केन्द्र) बाट रेणु दाहालले टिकट पाउनुभएको छ । अन्य महानगरपालिकामा प्रमुख ठूला दलका पुरुषबाटै प्रमुखमा उम्मेदवारी दिन लगाइएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज सावित्री भुसालले भन्नुभयो, “स्थानीय तह नेतृत्व विकास गर्ने पहिलो स्थान भएकाले जतिसक्दो धेरै महिलालाई उठाउने सोच पार्टीको भएपनि गठबन्धन गर्दा कतिपय महिला नै उम्मेदवार बन्ने अवसरबाट वञ्चित हुनपरेको छ । स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत हुनुपर्ने प्रावधानले गर्दा महिलाहरु अधिक महिला यस पटक चुनावी मैदानमा देखिएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का शशी श्रेष्ठले भन्नुभयो, “महिला इमान्दार हुन्छन् । अवसर र जिम्मेवारी पाएको खण्डमा महिलाले मुलुकको विकास निर्माणमा ठूलो योगदान पु¥याउन सक्छन् । त्यसका लागि पनि महिलाको उम्मेदवारी बढी नै जरुरी छ ।”
नेपाली काँग्रेस नेपाल महिला सङ्घका महासचिव नेत्री धना खतिवडाले महिलाहरु निकै आँटिलो भएर जोश जाँगरका साथ निर्वाचनमा होमिएकाले उनीहरुलाई जिताउन सबै महिला एक हुनुपर्ने बताउनुहुन्छ ।”
महिला पुरुष सरह उन्मुक्त भएर चुनाव प्रचारमा लाग्न सक्दैनन् । महिलाको जिम्मेवारी घरभित्र पनि उत्तिकै हुन्छ । चाहे जति पैसा खर्च गर्ने हैसियत पनि उनीहरु राख्दैनन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार पहिलो चरणमा ३४ जिल्लाको चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका, १८३ गाउँपालिका गरी २८३ स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । कुल १५ हजार ९३७ वडा सदस्यमध्ये महिला सदस्य सातहजार ९३६ र दलित महिला सदस्य छ हजार ५८९ ले मनोनयन दर्ता गराएका छन् । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












