निर्वाचन आयोगले माओवादी सचेतक र एमाले उम्मेदवारसँग माग्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं,२६ बैशाख । निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिका प्रमुख र उपप्रमुखका एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टिकरण मागेको छ । यस्तै निर्वाचन आयोगले माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई पनि २४ घण्टे स्पष्टिकरण मागेको छ ।
निर्वाचन आचारसँखिता उल्लँघन गरेको भन्दै आयोगले एमाले थाक्रे गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार आचार्य र उपप्रमुखकी उम्मेदवार अम्बिका रुपाखेतीलाई स्पष्टिकरण मागेको हो ।
उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पुष्टि भएपछि आयोगले २४ घणटे स्पष्टीकरण माग गर्ने निर्णय गरेको आयोगले बताएको छ ।
उम्मेदवारले बैशाख २५ गते तीन ट्रक कार्यकर्तासहित, स्कारपियो गाडी, ब्यानर, दल, निर्वाचन चिह्न तथा टि(सर्ट सहित मोटर साइकल र्याली निकालेको आयोगले जनाएको छ । निर्वाचन आयोगले गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारले एउटा गाडी र दुई वटामात्र मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
आयोगले प्रमुख निर्वाचन आयुक्तले नै अनुगमनको क्रममा धादिङ सिम्लेमा सप्रमाण आचार संहिता विपरितको कार्य भएको देखेकाले निर्वाचन आचार संहिता विपरीत काम कारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने रु भन्दै स्पष्टिकरण सोधेको हो ।
माओवादी केन्द्रकी सचेतक सीता नेपालीले आयोगका प्रवक्ताका अनुसार भन्दै अहिलेसम्म निर्विरोध सदस्यमध्ये माओवादी केन्द्रले १४५ पदमा, कांगे्रसले १३५ पदमा र एमालेले २५ पदमा विजयी भएको भन्दै स्टाटस लेखेको भन्दै स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगमा उनको फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएपछि आयोगले स्पष्टिकरणको माग गरेको हो ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












