उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्
काठमाडौं, २६ बैशाख । उपत्यकाको कोर सिटीभित्रको बसोबासको चापलाई घटाउन सरकारले चारवटा नयाँ सहर निर्माण गर्ने भएको छ। व्यवस्थित बसोबासलाई सुनिश्चित गर्नभन्दै सहरी विकास मन्त्रालयले लिएको उक्त प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।
काठमाडौंमा दुई, भक्तपुर र ललितपुरका एक÷एक स्थानमा सहर निर्माण गरिने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। उपत्यका विकास प्राधिकरणले तयार पारेको उक्त प्रस्ताव मन्त्रीपरिषदको भौतिक विकास समितिले आइतबार नै पास गरेको थियो।
आयुक्त तिवारीका अनुसार काठमाडौंको मुलपानी क्रिटेक मैदानदेखि बोडे निक्लने बाटो, निलबाराही त्यहाँबाट भक्तपुर जाने बाटो, खरिपाटी सैनिकब्यारेकलाई बाहिर राखेर शालीनदी, साँखु हुँदै क्रिकेट मैदानसँगै जोडिने एकलाख रोपनी क्षेत्रफलमा एउटा सहर निर्माण गरिने छ।
त्यस्तै काठमाडौंकै अर्को टोखाको मूल सडक, ग्रिनल्यान्ड बाइपास, फुलबारी तारकेश्वर, महादेव खोला हुँदै टोखा रोडमै जोडिने गरी अर्को सडक निर्माण हुनेछ। भक्तपुरको बालकोट, उत्तरमा अरनिको राजमार्ग, सुर्यविनायकका क्षेत्रलाई समेटेर सहर निर्माण गरिने तिवारीले बताए।
त्यस्तै ललितपुरको पहिलेको सैबु, भैसेपाटी गाविस हुँदै बागमतिको झोलुंगे पुललाई सिमाना मानेर सहर निर्माण गरिने छ।
प्रस्तावित चारवटै सहरलाई बाहिरी चक्रपथले छुने छ। सहर बनाउनको लागि आवस्यक अध्ययन तथा परामर्श दिनको लागि परामर्शदाता छनौटको काम सुरु भइसकेको प्रमुख आयुक्त तिवारीले जानकारी दिए।
विस्तृत अध्ययत प्रतिवेदन९डिपिआर० आइसकेपछि सहरको गुरुयोजना बन्ने र यसको काम द्रुत गतिमा अगाडि बढाइने तिवारीले जानकारी दिए।सहरी सुविधा तथा पूर्वाधार सम्पन्न हुने नयाँ सहरमा आधुनिक प्रविधि र सिपको प्रयोगबाट पूर्वाधार निर्माण गर्ने प्राधिकरणको योजना छ।
नयाँ बन्ने सहरमा पूर्वाधार निर्माणको लागि १० प्रतिशत जमिन हुने छ। सामुदायिक क्रियाकलापको लागि ३ प्रतिशत र खुल्ला ठाउँको लागि ५ प्रतिशत जमिन हुने छ।
ल्यान्ड पुलिङको माध्यमबाट सहरीकरण गरिने तिवारीले जानकारी दिए। जसअनुसार सम्पूर्ण सर्वसाधारणहरुको जग्गालाई एउटा कित्ता बनाउने र त्यसको डिजाइन गरेर समाणुपातिक ढंगबाट वितरण गरिने छ।
यसरी निर्माण गरिएको सहरमा खेलमैदान, पार्क, अस्पताल, विश्वविद्यालय, सामुहिक आवास, हुनेछन्।
Comments
अरु समाचार
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...











